काठमाडौं । क्यानडियन गायिका तथा गीतकार क्लेयर एलिस बुचरले सामाजिक सञ्जालको डरलाग्दो प्रभावलाई लिएर अब आफूलाई फेमस हुने कुनै रहर नभएको बताएकी छन् ।
टेस्ललाका मालिक तथा सीईओ एलन मस्कसँगको प्रेम सम्बन्ध विछेद पश्चात उनी अनलाइन ट्रोलको सिकार बनेकी थिइन् । त्यसैलाई लिएर उनले ट्वीट गर्दै अब फेमस हुने रहर नरहेको बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमा हुने ट्रोलले अपमानजनक सम्बन्धको विकास गरिदिएको भन्दै फेमस हुनुमा कुनै रहन बाँकी नरहेको बताइन् ।
‘म मा अब फेमस हुने कुनै रहर बाँकी छैन,’ उनले भनेकी छन्, ‘मेरो पेसाले मलाई सामाजिक सञ्जाल माग्छ । तर, यहीबाट दैनिक मेरा सम्बन्धको विषयलाई लिएर कयौं पटक अपमान बेहोर्नु परेको छ । यसले मलाई आफ्नो पेसामा लाग्न समेत असफल बनाइ रहेको छ ।’
उनले गरेको उक्त पोस्टमा १८ हजारको हाराहारीमा लाइक आएको छ । भने, धेरै जसोले उनलाई प्रोत्साहन गर्दै आफ्नो काममा निरन्तर लाग्नका लागि समेत प्रेरित गरिरहेका छन् । भने, कतिपयले नकारात्मक कमेन्टलाई व्यवस्था गर्दै अघि बढ्न समेत आग्रह गरेका छन् ।