close

ह्वाट्सएपले ल्यायो वेबमा आफूले चाहेजस्तै स्टिकर बनाउन सकिने फिचर

टेकपाना टेकपाना

मंसिर ९, २०७८ १९:३२

ह्वाट्सएपले ल्यायो वेबमा आफूले चाहेजस्तै स्टिकर बनाउन सकिने फिचर

काठमाडौं । ह्वाट्सएपले आफ्ना वेब प्रयोगकर्ताका लागि स्टिकर मेकर अर्थात आफैँ स्टिकर बनाउन सकिने सुविधा थप गरेको छ । कम्पनीले यो फिचर ह्वाट्सएपको डेस्कटप एपमा थप गरेको हो ।

यसका लागि तपाईंले वेब ब्राउजरमा गएर ह्वाट्सएप खोलेर अट्याचमेन्ट आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि स्टिकर छनौट गरी आफ्नो कम्प्युटरमा रहेको फोटो अपलोड गर्न इमेजमा क्लिक गर्नुहोस् ।

यसरी एकपटक तस्वीर अपलोड भइसकेपछि तपाईंले एडिट गरी त्यसबाट कस्टम स्टिकर बनाउन सक्नुहुन्छ । यसका साथै तपाईंले तस्वीरको ब्याकग्राउन्ड समेत हटाउन सक्नुहुनेछ ।

स्टिकरलाई अझ आकर्षक बनाउन तपाईंले अक्षरका साथै स्टिकर प्यानलबाट अन्य स्टिकर छनौट गर्न र त्यसमाथि इमोजी समेत राख्न समेत सक्नुहुन्छ । आफ्नो कस्टम स्टिकर तयार पारिसकेपछि स्क्रिनको तल पुछारमा रहेको सेन्ड बटनमा क्लिक गर्नुहोस् । यो स्टिकर मेकर व्यक्तिगत तथा ग्रुप दुवै च्याटका लागि उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२