close

थाइल्याण्डको डिजिटल रूपान्तरणमा सहयोग गर्दै ह्वावे

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १६:५०

थाइल्याण्डको डिजिटल रूपान्तरणमा सहयोग गर्दै ह्वावे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले थाइल्याण्डको डिजिटल रूपान्तरण र त्यहाँ नयाँ प्रतिभा विकासमा सहयोग गर्ने बताएको छ । बिहीबार थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चा र ह्वावे टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेन जेङफी बिच भएको भर्चुअल बैठक भएको थियो । उक्त बैठकमा बोल्दै जेङफीले ह्वावे सँधै थाइल्यान्डको डिजिटल रूपान्तरणमा सहकार्य गर्न तत्पर रहेको बताए हुन् ।

उक्त छलफलमा बोल्दै प्रधानमन्त्री चान–ओ–चाले थाइल्याण्डको डिजिटल रूपान्तरण र महामारी पछिका अर्थतन्त्रलाई उकास्न ह्वावेले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

‘थाइल्याण्डको दिगो आर्थिक विकासमा नयाँ आईसीटी प्रविधि र डिजिटल आविष्कारले ठुलो भूमिका खेल्ने छ,’ उनले भने, ‘त्यो हुँदा आगामी दिनमा थाइल्याण्ड ह्वावेसँग डिजिटल अर्थतन्त्र, फाइभ जी स्मार्ट अस्पताल, क्लाउड र कम्प्युटिङ, डिजिटल पावर, स्मार्ट लजिस्टिक र डाटा सेन्टर लगायत विभिन्न क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको छ ।’

कार्यक्रममा सीईओ रेनले थाइ सरकारले ह्वावे प्रति देखाएको विश्वासकालागि कृतज्ञता व्यक्त गरेका छन् । उनले फाइभजी रोलआउटमा थाइल्याण्डको उपलब्धिका लागि बधाइ समेत दिए ।

उनले भने, ‘बलियो डिजिटल पूर्वाधारको आधार निर्माण गर्न ह्वावे र थाइल्याण्डले मिलेर काम गरिरहेको छ । भविष्यमा हामी थाइल्याण्डका प्रमुख उद्योगहरूमा विशेष गरी पोर्ट र एयरपोर्टमा डिजिटल प्रविधिलाई गति दिन तत्पर छौं ।’

त्यतिमात्रै नभएर थाइल्याण्डको डिजिटल रूपान्तरणका लागि आवश्यक पर्ने प्रतिभा विकासमा समेत ह्वावेले निरन्तर सहयोग गरिरहने उनले बताएका छन् । हाल थाइल्यान्डको सूचना प्रविधि क्षेत्रमा आवश्यक प्रतिभा र डिजिटल कार्यशक्ति उत्पादन गर्ने लक्ष्यका साथ ह्वावे आसियान एकेडेमी (थाइल्याण्ड) को स्थापना गरिसकेको छ ।

जहाँबाट ४१ हजार आईसीटी प्रोफेशनलहरूलाई तालिम दिइसकेको जनाइएको छ । यसका साथै १३ सय साना र मझौला उद्यमहरूलाई प्रशिक्षण प्रदान गरिसकेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२