close

नयाँ स्वरूपमा आउँदै ‘हाम्रो बजार’, यस्तो छ बेटामा देखिएको डिजाइन

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १८:३७

नयाँ स्वरूपमा आउँदै ‘हाम्रो बजार’, यस्तो छ बेटामा देखिएको डिजाइन

काठमाडौं । पुराना तथा नयाँ सामान खरिद बिक्री गर्ने माध्यमको रुपमा हाम्रो बजार अनलाइन नेपालमा निकै लोकप्रिय छ । करिब नौ महिना अघि ‘मुभर्स एण्ड सिकर्स इन्भेस्टमेन्ट’ले खरिद गर्दा हाम्रो बजारलाई थप राम्रो र सुदृढ बनाउने घोषणा गरेको थियो ।

त्यसै अनुरूप घरका भान्साको खाना तथा खाजा अनलाइन अर्डरको आधारमा डेलिभरी दिने स्टार्टअप फुड मारियोलाई कम्पनीले अधिग्रहण गरेको थियो ।  फुडमारियोका रोहित तिवारी अहिले हाम्रो बजारका सीईओ छन् । 

प्लेटफर्मलाई सुदृढ गर्ने योजना अनुरूप हाम्रो बजारको नयाँ वेबसाइट तयार भएको छ । जसमा वेबसाइटको डिजाइन तथा इन्टरफेसमा धेरै परिवर्तन देख्न सकिन्छ ।

बेटा भर्सनको रुपमा हाल हाम्रो बजारको नयाँ वेबसाइट परीक्षणको क्रममा छ । तपाईंले यहाँ क्लिक गरी हाम्रो बजारको यो नयाँ वेबसाइट हेर्न सक्नुहुन्छ । जुन चाँडै पूर्ण रुपमा सञ्चालनमा आउने अनुमान गर्न सकिन्छ । 

नयाँ वेबसाइटमा आफ्नो लोकेसन अनुसार सामग्री र सेवाहरू खोज्न मिल्ने बनाइएको छ । त्यस्तै क्याटगोरीहरू देखाउने ढाँचा पनि परिवर्तन गरिएको छ । साथै धेरै हेरिएका विज्ञापनहरूको साथमा अब तपाईँको लागि रिकमेन्डेड सामग्री समेत हेर्न सकिनेछ । 

-शुशान्त सिग्देल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२