close

माछापुच्छ्रे बैंकको डलर कार्डमा समस्या

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १९:२१

माछापुच्छ्रे बैंकको डलर कार्डमा समस्या

काठमाडौं । केही दिन यता माछापुच्छ्रे बैंकको डलर कार्ड सेवा अवरुद्ध भएको छ । प्रयोगकर्ताले बैंकले सात दिनका लागि निःशुल्क रुपमा उपलब्ध गराएको ‘ट्रायल’ सेवाको दुरुपयोग गर्न थालेपछि सेवा बन्द गरिएको बैंकका डिजिटल अफिसर विनय रेग्मीले जानकारी दिए ।

ट्रायलको समय सकिएपछि तिर्नेबेलामा कार्ड नै बन्द गर्न थालेपछि एक हप्ताका लागि बैंकले डलर कार्डको सेवा रोकेको हो । प्रयोगकर्ताबाट गुनासो आउन थालेपछि बैंकले आन्तरिक छलफल राखेको थियो ।

जसअनुसार सोमबारबाट सेवा पुनः सञ्चालनमा ल्याउने तयारी रहेको रेग्मीले जानकारी दिए । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय ई-कमर्स, ओटीटी तथा सामाजिक सञ्जालहरूमा अनलाइन भुक्तानीका लागि डलर कार्डको प्रयोग हुँदै आएको छ ।

प्रयोग बढेसँगै यसको दुरुपयोगमा पनि केही व्यक्तिहरू सक्रिय हुन थालेको पाइएको छ । नेपालका ‘क’  वर्ग र ‘ख’ वर्गका गरी ११ भन्दा बढी बैंकहरूले हाल डलर कार्ड जारी गरिसकेका छन् ।

जसमा एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, नविल बैंक, महालक्ष्मी बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र सनराइज बैंक लगायत छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२