ट्रेन्डिङ:
कार्यकर्ताले होइन, आम जनताले लोकप्रिय नेता छान्ने ‘मतदान डटकम’ राइड शेयरिङ नियमन गर्न कार्यविधि ल्याउँदै बागमती प्रदेश कम्प्युटरमै यसरी हेर्नुहोस् मोबाइलको नोटिफिकेसन फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका अम्बानी र ज्याक मालाई उछिन्दै झोङ शानशन बने एसियाका धनाढ्य व्यक्ति ५००० एमएएच ब्याट्री र ४ जीबी र्‍याम सहित माइक्रोम्याक्सको सस्तो फोन सार्वजनिक यस्ता गल्ती कहिल्यै नगर्नुहोस्, फोन ह्याक हुन सक्छ (भिडियो टिप्स) करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ईसेवा मोबाइल डिस्प्लेमा क्वाड वा फुल एचडी कुन राम्रो ? एपबाट पैसा कमाउनेमा टिकटक सबैभन्दा अघि
close

कार्यकर्ताले होइन, आम जनताले लोकप्रिय नेता छान्ने ‘मतदान डटकम’

टेकपाना टेकपाना

मंसिर ११, २०७८

कार्यकर्ताले होइन, आम जनताले लोकप्रिय नेता छान्ने ‘मतदान डटकम’

काठमाडौं । मिडिया एकेडेमी नेपालको अग्रसरतामा राजनीतिक विषयमा जनताको धारणा डिजिटल रुपमा संकलन गर्नको लागि मतदान डट कम अभियान सञ्चालनमा ल्याइएको छ । मतदान डटकम आम जनताले विश्वको कुनै पनि देशमा रहेर विभिन्न पार्टीका नेतालाई भोट गर्ने एउटा प्लेटफर्म हो ।

हाल देशका प्रमुख राजनीतिक दलहरूको महाधिवेशन भइरहेको बेला पार्टी कार्यकर्ताले चुन्ने नेता जो भएपनि आम जनताले को नेता चुनेका छन् भनेर थाहा पाउनको लागि यो मतदान डटकमको सुरुवात गरेको अभियानका संस्थापक अध्यक्ष डम्बर साहुले बताए ।

‘अमेरिका जस्ता ठूला देशहरूमा चुनावको समयमा आम जनताको धारणा के छ भनेर तथा जनताको बीचमा लोकप्रिय नेता को छ भनेर थाहा पाउनको लागि यस्तो डिजिटल प्लेटफर्ममा जनताको मतदान लिने गरिन्छ,’ उनले भने, ‘नेपालमा पनि यस किसिमको मतदानलाई अभ्यासमा ल्याउनुपर्ने धारणा सहित हामीले यो अभियानको सुरुवात गरेका हौँ ।’

यो मतदानले वास्तविक चुनावको परिणाममा योगदान नगर्ने भएपनि पार्टी कार्यकर्ता बाहेक जनताको धारणा के छ भनेर थाहा पाउने र पार्टीहरूलाई पनि नैतिक दबाब पर्ने उनले बताए । हाल यो अभियान अन्तर्गत नेकपा एमालेको महाधिवेशनको अवसरमा पार्टी अन्तर्गतका नेताहरूको मतदान सुरु गरिएको छ ।

यसपछि लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस र नेकपा माओवादीको महाधिवेशनको बेलामा पनि यसरी नेताहरूको लागि मतदान लिइने उनले बताए । इच्छुक व्यक्तिले मतदान डटकमको साइटमा क्लिक गरेपछि पार्टीका शीर्ष नेताहरूको फोटो सहितको अप्सनमा भोट गर्न पाउँछन् ।

आफूलाई राम्रो लाग्ने नेताको फोटोमा क्लिक गरेर निःशुल्क भोट गर्न सकिन्छ । पार्टीगत लगायत अब आउने स्थानीय चुनावको लागि पनि निर्वाचन आयोगसँग सहकार्य गरेर अगाडि बढ्नको लागि आयोगसँग छलफल भइरहेको साहुले बताए ।

‘विश्व अब डिजिटल युगमा गइसकेको छ । जनताले आफू जहाँ भए पनि आफ्नो नेता छनौट गर्न पाउनुपर्छ भन्ने हाम्रो धारणा हो । यस किसिमको अभ्यास औपचारिक चुनावमा नै प्रयोग हुनुपर्छ भन्ने हाम्रो विचार हो,’ उनले थपे ।