close

एलजीको कार्यकारी प्रमुखमा पुराना कर्मचारी नियुक्त, गुमेको बजार फिर्ता ल्याउने लक्ष्य

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १५:३९

एलजीको कार्यकारी प्रमुखमा पुराना कर्मचारी नियुक्त, गुमेको बजार फिर्ता ल्याउने लक्ष्य

काठमाडौं । आफ्ना विद्युतीय सामग्रीहरूको व्यवसायका लागि एलजी इलेक्ट्राेनिक्सले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । डिसेम्बर १ देखि कार्यभार सम्हाल्ने गरी विलियम चोलाई कम्पनीले नयाँ सीईओ नियुक्त गरेको हो ।

सन् १९८७ देखि एलजीमा आबद्ध चोले एलजी क्यानडा, एलजी अमेरिका र एलजी अष्ट्रेलियाको निर्देशकको रुपमा काम गरिसकेका छन् ।

चोले कम्पनी समस्याग्रस्त भएको स्थितिमा नेतृत्व लिन लागेका छन् । कम्पनीले लगातार २३औं त्रैमासिकसम्म नाफा कमाउन नसकेपछि जुलाईमा आफ्नो मोबाइल डिभिजन बन्द गरेको थियो ।

यो अवस्थामा एलजीको बजार भनेको यसको टिभी र मोनिटरहरू हुनसक्छ । तर त्यहाँ पनि एलजीले सामसङ लगायत अन्य चिनियाँ ब्रान्डहरूसँग कडा प्रतिस्पर्धा गर्नुपरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२