close

८ हजार मिटरमाथिका १४ हिमाल चढ्ने नेपाली आरोहीको वृत्तचित्र नेटफ्लिक्समा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १७:५३

८ हजार मिटरमाथिका १४ हिमाल चढ्ने नेपाली आरोहीको वृत्तचित्र नेटफ्लिक्समा सार्वजनिक हुँदै

काठमाडौं । नेपाली आरोही निर्मल ‘निम्स’ पुर्जा पुनको ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ (14 Peaks: Nothing is Impossible) नामक वृत्तचित्र सोमबार नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक हुँदैछ ।

यो वृत्तचित्र १९१ देशमा ३१ भाषामा सार्वजनिक हुनेछ । आठ हजार मिटरमाथिका १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका पुनको वृत्तचित्र (डकुमेन्ट्री) नेटफ्लिक्समा सार्वजनिक हुन लागेको हो ।

वृत्तचित्रमा ३६ वर्षीय पुर्जाको ‘प्रोजेक्ट पसिबल’ अन्तर्गतको आरोहण गरेका १४ वटा हिमालको यात्रालाई चित्रण गरिनेछ ।

उनले छ महिनाको अवधिमा अन्नपूर्ण हिमाल, सिसापाङ्गमा हिमाल, मनास्लु, चोयु, ब्रोड पिक, केटु, गासरब्रम १, गासरब्रम २, नागा पर्वत, मकालु, सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र धौलागिरी हिमाल आरोहण गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२