close

भिभोलाई उछिन्दै एप्पल बन्यो चीनको सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड

टेकपाना टेकपाना

मंसिर १२, २०७८ १२:४०

भिभोलाई उछिन्दै एप्पल बन्यो चीनको सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड

काठमाडौं । गुणस्तरीय उत्पादनका कारण एप्पलको आईफोन तथा अन्य उत्पादन विश्वव्यापी चर्चित छ । यसमा प्रयोग भएको सफ्टवेयर तथा हार्डवेयरका कारण मूल्य उच्च भएता पनि यसलाई धेरैले रुचाएका छन् । जसको प्रतिफल विश्वका धेरै बजारमा एप्पल उत्कृष्ट ब्रान्डको रुपमा स्थापित हुँदै आएको छ ।

सोही लय कम्पनीले चिनियाँ बजारमा समेत समातेको छ । लामो समय देखी चीनको स्मार्टफोन बजारमा चिनियाँ स्मार्टफोन ब्रान्ड साओमी, ओप्पो, भिभो, ह्वावे लगायतका ब्रान्डको दबदबा रहेको थियो । तर, सन् २०१५ पश्चात एप्प्लले उक्त दबदबालाई चिर्दै चिनियाँ स्मार्टफोन बजारमा सबैभन्दा ठुलो बिक्रेताको रुपमा स्थापित भएको छ ।

Apple November 2021 market  share

मोबाइलको तथ्याङ्क राख्ने संस्था काउण्टर पइन्टका अनुसार सन् २०१५ पछि पहिलो पटक एप्पल चीनमा सबैभन्दा ठुलो बिक्रेता भएको हो । संस्थाका अनुसार एप्पल २२ प्रतिशत बजार हिस्साका साथ पहिलो नम्बरमा रहेको छ । भने, दोस्रो नम्बरमा भिभो रहेको छ । जसको बजार हिस्सा २० प्रतिशत रहेको छ ।

तेस्रो नम्बर ओप्पो रहेको छ । चिनियाँ स्मार्टफोन बजारमा ओप्पोको हिस्सा १८ प्रतिशत रहेको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२