२०७९, ८ जेष्ठ आइतबार   |  
Sunday 22nd May 2022

उत्कृष्ट प्रविधिका साथ सस्तो स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

samsung-galaxy-A03-photo-techpana

काठमाडौं । सामसङले सन् २०२१ को अन्तिम फोनका रुपमा ए०३ सार्वजनिक गर्ने भएको छ । उत्कृष्ट प्रविधिका साथ भित्रिने सामसङ ग्यालेक्सी  ए०३ हालसम्मकै सम्मकै सस्तो स्मार्टफोन हुने बताइएको छ ।

यो फोनमा ६‍.५ इन्चको एचडी डिस्प्ले हुनेछ । ५००० एमएएचको शक्तिशाली ब्याट्रीका साथ आउने फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फोन ३ जीबी र्‍याम ३२ जीबी स्टोरेज, ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज र ४ जीबी र्‍याम १२८ जीबी स्टोरेज गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।

फोनका फिचर सार्वजनिक भएता पनि हालसम्म यसको मूल्य भने सार्वजनिक भएको छैन् । तर पनि यो फोनको मूल्य १९५ अमेरिकी डलर हुने अनुमान गरिएको छ । यद्यपि यी तीनवटै मोडल सबै देशमा उपलब्ध नहुनसक्ने जनाइएको छ ।

प्लास्टिक बडी युक्त यो फोन रातो, निलो र कालो रंगमा उपलब्ध हुने उल्लेख छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team