close

चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार

टेकपाना टेकपाना

मंसिर १३, २०७८ १३:६

चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जीएसी  ग्रुपले हालै चीनमा आयोजित ग्वान्जाउ अटो शो २०२१ मा आफ्ना तीन ओटा इलेक्ट्रिक कारको अवधारणा प्रस्तुत गरेको छ ।

जसमा दुई ओटा इलेक्ट्रिक कारमा टाइम र ईएमकू रहेका छन् । अर्को भने जीएसी आयन ब्रान्डको आयन एलएक्स प्लस इलेक्ट्रिक कार हो । यी तीनै कार अहिले कन्सेप्ट इलेक्ट्रिक कारको रुपमा प्रस्तुत गरिएका हुन् ।

यद्यपि कम्पनीले यी तीन ओटै कारको स्पेसिफिकेसन समेत खुलाएको छैन । यसमध्येको आयन एलएक्स प्लसको कुरा गर्ने हो भने यो इलेक्ट्रिक कार एक पटकको फुल चार्जमा एक हजार किलोमिटर गुड्ने कम्पनीको दाबी छ ।

जीएसीका अनुसार आयन एलएक्स प्लसको एनईडीसी (न्यु युरोपियन ड्राइभिङ साइकल) रेञ्ज एक हजार किलोमिटरभन्दा बढी हुनेछ । कारस्कुपको एउटा रिपोर्टले यो कारको सएलटीसी (चाइना लाइट ड्युटी भेहिकल टेस्ट साइकल) रेन्ज ६२६ माइल अर्थात १००८ किलोमिटर हुने उल्लेख गरेको छ ।

यो इलेक्ट्रिक एसयूभी कारको मौजुदा जीएसी आयन एलएक्सको अपग्रेडको रुपमा प्रस्तुत गरिएको हो । जसको घोषणा सन् २०१९ मा गरिएको थियो । रिपोर्टकै अनुसार यो इलेक्ट्रिक कारमा १४४.४ किलोवाट क्षमताको ब्याट्री प्याक लगाइएको छ ।

जसका कारण यति धेरै रेञ्ज हासिल गर्न सकिनेछ । यद्यपि यो ब्याट्री प्याक केवल टप-इन्ड मोडेलको लागि हुनेछ । यो ब्याट्री प्याकलाई जीएसीको विशेष प्रविधिबाट बनाइएको छ ।

जसमा इलास्टिक शिटको प्रयोग गरिएको छ । जसले प्याकलाई २० प्रतिशत सानो र १४ प्रतिशत हलुका बनाइदिन्छ ।  कम्पनीले यो कारको विषयमा वस्तृत विवरण नखुलाएको भए पनि कारस्कुपको रिपोर्टले दाबी गरेको छ कि आयन एलएक्स प्लस इलेक्ट्रिक कारमा डुअल इलेक्ट्रिक मोटर राखिएका छन् ।

जसले २२५ हर्स पावरको अधिकतम पावर उत्पन्न गर्ने क्षमता राख्छन् ।  यी दुवैले स्पिड गियरबक्सको माध्यमबाट सबै चारै टायरलाई सञ्चालन गर्दछन् । जसका कारण इलेक्ट्रिक कार २.९ सेकेन्डमा शून्यबाट सय किलोमिटर प्रतिघन्टाको स्पिड समात्न सक्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२