close

अब सधैँका लागि बन्द भयो सामसङ ग्यालेक्सी नोट सिरिजका उत्पादन !

टेकपाना टेकपाना

मंसिर १३, २०७८ १५:३२

अब सधैँका लागि बन्द भयो सामसङ ग्यालेक्सी नोट सिरिजका उत्पादन !

काठमाडौं । सामसङले आफ्नो चर्चित सिरिज ग्यालेक्सी नोटको उत्पादन सधैँका लागि बन्द गर्ने भएको छ । सन् २०२२ मा सामसङले नोट सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तर, अब भने नोट सिरिज सधैँका लागि बन्द हुने जानकारी सार्वजनिक भएको छ ।

यति बेला विश्वव्यापी रुपमा चिपको हाहाकार छ । जसले गर्दा सबै सिरिजका स्मार्टफोन उत्पादन सम्भव नहुने भएपछि कम्पनीले ग्यालेक्सी नोटको उत्पादन बन्द गर्ने निर्णय लिएको हो । ग्यालेक्सी नोट सिरिज बन्द गर्ने निर्णयसँगै अब कम्पनीले आफ्नो सम्पूर्ण ध्यान ‘ग्यालेक्सी एस’ र ‘ग्यालेक्सी जेड’ सिरिजमा लगाउने अनुमान गरिएको छ ।

हुन त कम्पनीले यसअघि नै ग्यालेक्सी एस र जेड सिरिजलाई आफ्नो सबैभन्दा प्राथमिकताको उत्पादनमा राख्दै आएको थियो । जसको प्रतिफल स्वरूप कम्पनीले ग्यालेक्सी नोटको सबैभन्दा मुख्य फिचर ‘एस पेन’ ग्यालेक्सी एस र जेड सिरिज दुवैमा समेत उपलब्ध गराइसकेको छ ।

त्यस हिसाबले पनि यसअघि नै कम्पनीले नोट सिरिज बन्द गर्नसक्ने अनुमान गरिएको थियो । सोही अनुरूप कम्पनीले चिप अभावलाई समेत मध्यनजर गरेर ग्यालेक्सी नोट सिरिजको उत्पादन सधैँका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

यस अघि सन् २०११ मा पहिलो पटक ग्यालेक्सी नोट सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक भएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२