close

यी हुन् तपाईंको आईफोन बिग्रनु अघिका पाँच संकेत

टेकपाना टेकपाना

मंसिर १३, २०७८ १९:२

यी हुन् तपाईंको आईफोन बिग्रनु अघिका पाँच संकेत

काठमाडौं । सामान्यतया आईफोन पूर्ण रुपमा बिग्रनु अघि केही संकेत दिन्छ । यद्यपि प्रयोगकर्ताहरूले यस्ता सामान्य संकेत अथवा मोबाइलमा आउने केही सामान्य समस्याहरूलाई बेवास्ता गरिरहेको हुन्छ । यस्ता केही संकेतहरु हुन्छन् जसले तपाईंको आईफोन चाँडै नै काम नलाग्ने जनाऊ दिन्छ ।

स्क्रिन हल्लिनु 

यदि तपाईंको आईफोनको स्क्रिन स्थिर हुँदैन, समयसमयमा हल्लिरहन्छ भने तपाईंको आईफोन चाँडै काम नलाग्ने हुन सक्छ । विशेषगरी डिफेक्टिभ डिस्प्लेको कारण अथवा रिवन केबल चुडिएको कारण यो संकेत देखिन्छ । यो समस्याले विस्तारै आईफोनको डिस्प्ले बिगार्छ ।

‘घोस्ट टच’ (स्क्रिन आफै टच हुने)

घोस्ट टचको अर्थ हो तपाईंले स्क्रिनमा नछुँदा पनि आफैँ टच हुनु । स्क्रिन ड्यामेज अथवा अन्य कुनै आन्तरिक समस्याको कारण यो समस्या आउने गर्छ । फोन धेरै तातियो भने पनि यो समस्या आउन सक्छ । यो समयसँगै झन् बिग्रदै जान्छ र अन्तत: यो समस्याले तपाईंको डिस्प्ले नै टच नहुने समस्या आउन सक्छ ।

आफैँ रि-स्टार्ट हुनु

यदि तपाईंको आईफोन आफै रिबुट भइरहन्छ भने होसियार हुनुहोस्, यो तपाईंको फोन बिग्रने संकेत हो । खराब ब्याट्रीको कारण वा खराब मदरबोर्डको कारण पनि आईफोन आफैँ रि-स्टार्ट हुने गर्छ ।

चार्ज नहुनु

यदि तपाईंको आईफोनमा राम्रोसँग ब्याट्री टिकिरहेको छैन भने यो पनि एउटा गम्भीर समस्या हो । चार्जरमा समस्या भएको कारण पनि पनि फोन राम्रोसँग चार्ज नभइरहेको हुनसक्छ । फोनमा भएको आन्तरिक समस्याको कारण पनि ब्याट्रीचार्ज नभएको हुन सक्छ । यसले पनि तपाईंको फोन बिग्निन लागेको संकेत गर्छ ।

स्क्रिन बल्गिङ (फ्रेमबाट स्क्रिन बाहिर आउनु)

स्क्रिन फोनको फ्रेमभन्दा बाहिर आउनुलाई स्क्रिन बल्गिङ भनिन्छ । तपाईंको आईफोनको ब्याट्री फुल्यो भने यो समस्या आउँछ । यसको अर्थ तपाईंको ब्याट्री खराब भयो भन्ने संकेत हो । यस्तो बेलामा आफ्नो फोन थिचेर स्क्रिन मिलाउने प्रयास भने नगर्नुहोला । यसले थप समस्या निम्त्याउन सक्छ । यो बेलामा फोन चार्ज पनि नगर्नु नै राम्रो हुन्छ र सकेसम्म छिटो मोबाइल मर्मतको लागि लैजानु उचित हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२