close

खेलाडीको अफसाइड पोजिसन पत्ता लगाउने प्रविधि परीक्षण गर्दै फिफा

टेकपाना टेकपाना

मंसिर १४, २०७८ १७:६

खेलाडीको अफसाइड पोजिसन पत्ता लगाउने प्रविधि परीक्षण गर्दै फिफा

काठमाडौं । फिफाले सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियाेगितामा खेलाडीहरू अफसाइड पोजिसनमा छ वा छैन भनेर थाहा पाउने प्रविधिको परिक्षण गरिरहेको खुलासा भएको छ ।

यो कुरा फिफाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट सार्वजनिक गरेको हो । सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी, जसलाई लिम्ब ट्रयाकिङ पनि भनिन्छ, प्रयोग गरेर खेलाडीहरू अफसाइड भए/नभएको पत्ता लगाउने फिफाले जनाएको छ ।

फिफाका अनुसार स्टेडियमको छतमा क्यामेराहरू सेटअप गरिनेछ, जसले भिडिओबाट लिम्ब डेटा निकालेर अपरेटिङ रुममा बसेका अधिकारीहरूलाई खेलाडी अफसाइड पोजिसनमा भएको जानकारी तत्कालै उपलब्ध गराउनेछ । 

बीबीसीमा प्रकाशित लेखका अनुसार करिब १० देखि १२ वटा क्यामेराले एकजना खेलाडीको डेटा संकलन एक सेकेन्डमा ५० पटक गर्नेछ ।

योभन्दा अगाडिका खेलमा भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग गरिएको थियो, जुन विवादमा पनि आएको थियो ।

हाल, भीएआरले खेलाडीहरू अफसाइड छन् कि छैनन् भनी पुष्टि गर्नको लागि भिडिओ फिडको विश्लेषण र पिचमा रेखाहरू कोर्ने काम गर्दछ । तर सो भिडिओ फुटेजमा धेरैजसो समयमा खेलाडीको स्थितिको विषयमा निश्चित फुटेज संकलन गर्न सक्दैन ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२