close

विदेशबाट आउँदा मोबाइल र ल्यापटप कति ल्याउन पाइन्छ ? यस्तो छ कानूनी व्यवस्था

टेकपाना टेकपाना

मंसिर १६, २०७८ ७:१

विदेशबाट आउँदा मोबाइल र ल्यापटप कति ल्याउन पाइन्छ ? यस्तो छ कानूनी व्यवस्था

कठमाडौं । यदि तपाईं विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिँदै हुनुहुन्छ भने आफ्नो साथमा कुन डिभाइस कति ल्याउन पाइन्छ भन्ने विषयमा जानकारी राख्न आवश्यक हुन्छ । यसबारे ख्याल नहुँदा कतिपय मानिसले कानूनी कारबाही भोग्ने गर्छन् ।

सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) बमोजिम ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश’ तयार पारेको छ ।

गत वर्ष जेठ १५ गतेबाट लागू गरिएको उक्त आदेश अनुसार ट्याब्लेट तथा ल्यापटपको हकमा व्यक्तिगत प्रयोजनका लागि एउटा मात्रै ल्याउन पाइने व्यवस्था रहेको छ । यदि एउटाभन्दा बढी भएको खण्डमा भन्सार महसुल लाग्ने उक्त आदेशमा उल्लेख छ ।

त्यस्तै मोबाइल फोनको हकमा पनि सोही व्यवस्था लागू हुने जनाइएको छ । यसको अर्थ विदेशबाट आउँदा बढीमा एउटा मोबाइल ल्याउन पाइने व्यवस्था छ । त्यो भन्दा बढी भएको खण्डमा भन्सार शुल्क बुझाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२