close

प्यानासोनिक बन्यो साइबर आक्रमणको सिकार

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १७:३१

प्यानासोनिक बन्यो साइबर आक्रमणको सिकार

काठमाडौं । जापानी टेक कम्पनी प्यानासोनिक साइबर आक्रमणको सिकार बनेको छ । अघिल्लो महिना मात्रै कम्पनीको नेटवर्कमा अवैध रुपमा ह्याकरले पहुँच बनाएको तथ्य बाहिरिएको छ ।

कम्पनीले केही दिनअघि मात्रै प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सिस्टममा ह्याकरले पहुँच बनाएको जानकारी दिएको हो । कम्पनीका अनुसार यो घटना नोभेम्बर ११ तारिकमा भएको थियो ।

ह्याकरले सर्भरमा रहेको फाइल तथा डेटामा पहुँच बनाएको उल्लेख छ । ‘ह्याकिङ घटनासँगै हामीले सम्बन्धित निकायलाई जानकारी गराएका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सँगै हामीले सुरक्षाका थप मापदण्डहरू समेत पालना गरिसकेका छौं ।’

यो घटनाको अध्ययनका लागि थर्ड पार्टी कम्पनीहरुसँग सहकार्य गरेर अध्ययनको काम अघि बढाइएको समेत कम्पनीले जनाएको छ । कम्पनीले यस ह्याकिङ घटनाबाट प्रयोगकर्ताको डेटा तथा कम्पनीलाई पुगेको क्षतिको विषयमा भने कुनै जानकारी दिएको छैन् ।

तर, जापानिज सञ्चार माध्यम एनएचकेका अनुसार ह्याक भएको सर्भरमा कम्पनीका बिजनेश पार्टनर कम्पनीहरूको जानकारी रहेको उल्लेख गरिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२