close

अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ ? अब नागरिक एपबाटै एनओसी लिन सकिने

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १८:९

अध्ययनका लागि विदेश जाँदै हुनुहुन्छ ? अब नागरिक एपबाटै एनओसी लिन सकिने

काठमाडौं । अध्ययनका लागि विदेश जाने विद्यार्थीले अब नागरिक एपबाटै अध्ययन स्वीकृति ‘एनओसी’ लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा नागरिक एपले यसको तयारी गरिरहेको उल्लेख छ ।

यसका लागि आवश्यक प्राविधिक तयारी सम्पन्न भइसकेको नागरिक एप स्रोतले बताएको छ । स्रोतका अनुसार यो फिचर चाँडै नागरिक एपमा उपलब्ध हुनेछ । त्यो सँगै एनओसीका लागि विद्यार्थीहरूले नागरिक एपबाट सहजै आवेदन दिन सक्नेछन् ।

हुन त एनओसीका लागि शिक्षा मन्त्रालयले यसअघि नै अनलाइनबाटै आवेदन दिन सक्ने सुविधा उपलब्ध गराइ सकेको छ । नागरिक एप स्रोतका अनुसार शिक्षा मन्त्रालयले उपलब्ध गराएको अनलाइन सेवाको तुलनामा नागरिक एपबाट आवेदन दिन भने निकै सहज हुनेछ ।

किन भने विदेशमा पढ्न जानको लागि एनओसी लिँदा विद्यार्थीहरूले नागरिकताको प्रमाणपत्रको सक्कल तथा एक प्रति प्रमाणित प्रतिलिपि, जुन तहको अध्ययन गर्न जाने हो सोभन्दा एक तह मुनिको ट्रान्सक्रिप्ट वा उत्तीर्ण प्रमाणपत्र लगायतका कागजात बुझाउनु पर्ने हुन्छ ।

यी सम्पूर्ण कागजात यसअघि नै नागरिक एपमा उपलब्ध हुने हुँदा एनओसीको लागि आवेदन दिन थप कागजात उपलब्ध गराइ राख्नुपर्ने झन्झट नहुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२