close

कम्पनी टाँट पल्टिन लागेको भन्दै एलन मस्कले स्पेसएक्सका कर्मचारीलाई दिए यस्तो निर्देशन

टेकपाना टेकपाना

मंसिर १५, २०७८ २०:१३

कम्पनी टाँट पल्टिन लागेको भन्दै एलन मस्कले स्पेसएक्सका कर्मचारीलाई दिए यस्तो निर्देशन

काठमाडौं । स्पेसएक्सका सह-संस्थापक एलन मस्कले कम्पनी टाँट पल्टिन लागेको भन्दै कामको गति बढाउन आफ्ना कर्मचारीहरूलाई पत्राचार गरेको तथ्य बाहिरिएको छ ।

दी भर्जमा प्रकाशित रिपोर्टका अनुसार मस्कले स्पेसएक्सको अर्को उडानको लागि र्‍याप्टर ईन्जिनको उत्पादन बढाउन नसके कम्पनी टाँट पल्टिनसक्ने भन्दै कर्मचारीहरूलाई थप काम गर्नका लागि आग्रह गरेका हुन् ।

र्‍याप्टर ईन्जिन स्पेसएक्सको एउटा ठूलो मिथेन ईन्जिन हो, जसले कम्पनीको नयाँ जेनेरेसनको प्रक्षेपण प्रणाली ‘स्टारशिप’ लाई अगाडि बढाउन प्रयोग गरिनेछ । स्टारशिप स्पेसएक्सको नेक्स्ट जेनेरेसन अन्तरिक्षयान हो, जसको लागि हाल काम भइरहेको छ ।

यो यानबाट स्पेसएक्सले कार्गो र मानिसहरूलाई चन्द्रमा र मंगल ग्रहमा पठाउने लक्ष्य कम्पनीको छ । तर यसको लागि महत्त्वपूर्ण मानिएको र्‍यापटर ईन्जिनको उत्पादन कमी हुदाँ अर्को वर्षसम्म अन्तरिक्षयान निर्माणको कामलाई गति दिन नसके कम्पनीले ठूलो क्षति व्यहोर्नुपर्ने मस्कको दाबी छ ।

यो प्रोजेक्टको लागि अमेरिकी अनुसन्धान निकाय नासाले स्पेसएक्सलाई दुई अर्ब ९० करोड डलरको काम दिएको छ ।

स्पेसएक्सले स्टारशिपको प्रक्षेपण २०२५ सम्म गर्ने लक्ष्य लिएको छ । हालसम्म कम्पनीले केही साना परीक्षण उडानहरू भने गरेको छ, तर वास्तविक प्रक्षेपणका लागि भने सो यानमा ३९ वटा र्‍याप्टर ईन्जिनको आवश्यकता पर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२