close

स्न्यापड्रागन ८ जेन १ मा आधारित फ्ल्यागशिप फोन ल्याउँदै ओप्पो

टेकपाना टेकपाना

मंसिर १५, २०७८ २१:४४

स्न्यापड्रागन ८ जेन १ मा आधारित फ्ल्यागशिप फोन ल्याउँदै ओप्पो

काठमाडौं । क्वालकमले हालै स्न्यापड्रागन ८ जेन १ चिपसेट सार्वजनिक गरेको छ । सोही चिपसेटमा आधारित भएर ओप्पोले सन् २०२२ को पहिलो त्रैमासिकमा फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

क्वालकमको स्न्यापड्रागन टेक समिट २०२१ मार्फत ओप्पाेले फाइभजी तथा स्मार्टफोनको नयाँ प्रविधिमा क्वालकमसँग निरन्तर सहकार्य गर्ने बताएको छ ।

साथै नयाँ चिपसेट स्न्यापड्रागन ८ जेन १ मा आधारित भएर नयाँ स्मार्टफोन सार्वजनिक गर्ने बताएको हो ।

‘क्वालकमसँगको सहकार्यमा हामीले फ्लागशिप स्न्यापड्रागनमा आधारित भएर एक्सथ्री सिरिज र रेनोसिक्स सिरिजसहित विभिन्न फाइभजी स्मार्टफोन सार्वजनिक गरिसकेका छौं,’ ओभरसिज सेल्सका लागि ओप्पोका उपाध्यक्ष स्कट च्याङ्ले भने, ‘स्न्यापड्रागन ८ जेन १ मोबाइल चिपसेट हाम्रो लागि अर्को अवसर हो । यसले नयाँ पुस्ताका फ्ल्यागशिप स्मार्टफोनमा परिष्कृत अनुभव प्रदान गर्ने विश्वास छ ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२