close

अब ५० रुपैयाँमा हप्ताभर ला लिगा फुटबल हेर्न पाइने

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १२:२५

अब ५० रुपैयाँमा हप्ताभर ला लिगा फुटबल हेर्न पाइने

काठमाडौं । डीटीएच सेवा प्रदायक डिशहोमले विश्व चर्चित स्पेनिस ला लिगा फुटबलप्रेमीका लागि नयाँ योजना ल्याएको छ । यसअन्तर्गत अब ५० रुपैयाँमा एक हप्तासम्म प्रसारण हुने सम्पूर्ण ला लिगा खेल हेर्न सकिनेछ ।

नेपालका लागि ला लिगाको एक्स्क्लुसिभ पार्टनर रहेको डिशहोमले आजदेखि लागू हुने गरी यो योजना ल्याएको हो ।

यसअघि कम्पनीले दुई हजार रुपैयाँमा सिजन टिकेट काटेर ला लिगाका पुरै गेम हेर्न सकिने सुविधा ल्याएको थियो ।

अब ग्राहकले आफ्नो रुचि अनुसार एक हप्ताका लागि मात्र खेल हेर्न पाउने विकल्प पनि पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

ला लिगाका खेल डिशहोमको ‘एक्सन स्पोर्ट्स एचडी २’ मा प्रसारण भइरहेको छ ।

May be an image of 5 people and text

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२