काठमाडौं । जब तपाईं नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ, तब तपाईंको फोनको क्यामेरा, ब्याट्री, प्रोसेसरमा धेरै ध्यान जान्छ । तर तपाईंले सबैभन्दा धेरै समय बिताउने स्क्रिनमा भने तपाईंले त्यति ख्याल गर्नुहुन्न ।
तपाईंले स्क्रिनमा ध्यान नजानुको पछाडि नयाँ प्रविधिको बारेमा त्यति साह्रो जानकारी नभएर पनि हुनसक्छ । किनभने आजभोलि प्रविधि यति चाँडो र छिटो परिवर्तन भइरहेको छ कि तपाईं नियमित अपडेट हुनुभएन भने पछाडि पर्दै जानुहुन्छ ।
यस्तो बेला स्क्रिनको प्रविधिलाई बुझ्न त्यसका शब्दावलीको बारेमा ख्याल राख्न जरुरी छ । आईपीएस एलसीडी, टीएफटी एलसीडी, एमोलेड, सुपर एमोलेड जस्ता शब्दावली तपाईंले पक्कै पनि सुन्दै आइरहनु भएको छ ।
तर यी के हुन् र यीमध्ये तपाईंको लागि कुन स्क्रिन उपयुक्त हुन्छ भन्ने कुरा चाहिँ छुट्याउन निकै अप्ठ्यारो परिरहेको हुन्छ ।
आज हामी यस भिडिओमार्फत स्मार्टफोनमा प्रयोग हुने केही डिस्प्ले प्रविधिबारे चर्चा गर्दैछौं ।