close

अब साढे ११ हजारमै डिशहोमको २५ एमबीपीएस इन्टरनेट, डीटीएच र आईपी टिभी पाइने

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १३:५५

अब साढे ११ हजारमै डिशहोमको २५ एमबीपीएस इन्टरनेट, डीटीएच र आईपी टिभी पाइने

काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

यसअन्तर्गत ग्राहकले ११ हजार पाँच सय रुपैयाँमा एक वर्षका लागि २५ एमबीपीएसको इन्टरनेटसहित डीटीएच र आईपी टिभी सेवा निःशुल्क पाउनेछन् ।

कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार यो अफरमा ग्राहकले एन्टेना, सेटटप बक्स, फाइबर, राउटर लगायत डिशहोमको फुल सेट निःशुल्क पाउनेछन् ।

देशैभर फाइबर इन्टरनेट विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको डिशहोमले डीटीएच, आईपी टिभी र फाइबर इन्टरनेटका लागि कम्बो प्लान ल्याएको हो ।

यसअघि कम्पनीले फाइबर पूर्वाधार पुगेका ठाउँमा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट निःशुल्क प्रदान गर्ने घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२