close

ई-सेवाबाट यति र तारा एयरको टिकेट काट्दा ३ सय रुपैयाँ क्यासब्याक

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १५:२९

ई-सेवाबाट यति र तारा एयरको टिकेट काट्दा ३ सय रुपैयाँ क्यासब्याक

काठमाडौं । भुक्तानी सेवाप्रदायक ई-सेवामार्फत यति एयरलाइन्स र तारा एयरको टिकेट काट्दा क्यासब्याक पाइने भएको छ ।

यसअन्तर्गत ग्राहकले हरेक टिकेट खरिदमा तीन सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो योजना बुधबार (डिसेम्बर १) देखि लागू भएको यति एयरलाइन्सले जनाएको छ ।

कम्पनीका अनुसार यति मोबाइल एप वा वेबसाइटमा गई ई-सेवा मार्फत टिकेट खरिद गर्दा तीन सय रुपैयाँ छुट पाउने भएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२