close

मंसिर २८ देखि एमआरपी वितरण बन्द, ई-पासपोर्ट अनिवार्य

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १६:१५

मंसिर २८ देखि एमआरपी वितरण बन्द, ई-पासपोर्ट अनिवार्य

काठमाडौं । सरकारले आउँदो मंसिर २८ गतेदेखि मसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण पूर्णरुपमा बन्द गर्ने भएको छ ।

गत मंसिर १ देखि ई-पासपोर्ट लागू भएसँगै राहदानी विभागले एमआरपी वितरण बन्द गर्ने भएको हो ।

हालै एक सूचना जारी गर्दै विभागले बुधबारदेखि एमआरपीका लागि टोकन वितरण बन्द भएको जानकारी दिएको छ ।

विभागका अनुसार मसिन रिडेबल पासपोर्टका लागि टोकन लिइसकेको भएपनि सेवाग्राहीले पनि ई-पासपोर्टका लागि निवेदन दिनसक्नेछन् ।

यो पनि पढ्नुहोस्:

ई-पासपोर्टबारे जान्नैपर्ने ११ कुरा

ई-पासपोर्टमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, लिने कसरी ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२