close

फेसबुक पोस्टमा लाइक संख्या लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १७:८

फेसबुक पोस्टमा लाइक संख्या लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । हिजोआज सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ । यससँगै सार्वजनिक रुपमा गरिएका पोस्टमा आएका प्रतिक्रियाका आधारमा प्रोफाइल कस्तो छ भनि अनुमान लगाउन थालिएको छ ।

आफ्नो लोकप्रियतालाई पोस्टमा आउने लाइक, रियाक्सन र कमेन्टसँग जोड्ने प्रवृत्तिले भने बेला बेलामा समस्या निम्त्याउने गरेको छ । हुन त सामाजिक सञ्जालमा भएको प्रतिक्रियालाई लिएर गम्भीर हुनुपर्ने त कारण छैन ।

तर अधिकांश प्रयोगकर्ता भने आफ्ना पोस्टमा धेरै लाइक, कमेन्ट आए खुसी र सन्तुष्ट हुने गर्छन् । कतिपयलाई भने यस्तो बानी मन पर्दैन

यस्तोमा हिजोआज फेसबुकमा कतिले रियाक्ट गरे, फोटोमा लाइक कति आयो भनेर अरुले हेर्न नमिल्ने बनाउन मिल्छ । यद्यपि पोष्ट गर्ने व्यक्तिले भने क-कसले र कति जनाले रियाक्ट गरेका छन् भनेर हेर्न मिल्छ ।

यदि तपाईंलाई पनि आफ्ना फोटो तथा पोष्टमा आएको लाइक संख्याको गन्तीबाट टाढै बस्न मन छ भने आजको लेख सहयोगी बन्न सक्छ ।

फेसबुक एपबाट रियाक्ट गणना बन्द गर्नका लागि यसो गर्नुहोस्ः

-लाइक/रियाक्ट गणना हटाउन फेसबुक एप हुन जरुरी छ । ब्राउजर तथा डेस्कटप ल्यापटपमा भने यो फिचर उपलब्ध छैन । (फाेनमा फेसबुक एप नभएको खण्डमा एप डाउनलोड गरी आफ्नो अकाउन्ट लग ईन गर्नुहोस् ।) 

-तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने फेसबुकको दाँयातर्फको माथितिर भएको तीनवटा धर्का भएको मेन्यु (ह्याम्बर मेन्यु) मा ट्याप गर्नुहोस् । आईओएस प्रयोगकर्ताले फेसबुकको दाँयातर्फ तलतिर भएको तीनवटा धर्का भएको मेन्यु (ह्याम्बर मेन्यु) मा ट्याप गर्नुहोस् ।

-मुनि स्क्रोल गरेर तल रहेको ‘सेटिङ एन्ड प्राइभेसी’ बटनमा ट्याप गर्नुहोस् ।

-अब तपाईंले ‘सेटिङ एन्ड प्राइभेसीको’ ठीकमुनी रहेको सेटिङ ‘अप्सन’ लाई ट्याप गर्नुहोस् । 

-अब प्रिफरेन्सेस अन्तर्गत भएको ‘रियाक्सन प्रिफरेन्सस’ मा ट्याप गर्नुहाेस् ।

-तपाईंले दुईवटा विकल्प पाउनुहुन्छ । जसमा पहिलो विकल्पमा ट्याप गरी अरूको पोष्टमा भएका लाइक हेर्न नमिल्ने बनाउन सकिन्छ । त्यसैगरी दोस्रो विकल्प छानेर आफ्नो पोष्टमा गरिएका लाइक हेर्न नमिल्ने बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२