close

डेटिङ एप टिन्डरका संस्थापकले पाउने भए ५२ अर्ब क्षतिपूर्ति, यस्तो छ कारण

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १९:५४

डेटिङ एप टिन्डरका संस्थापकले पाउने भए ५२ अर्ब क्षतिपूर्ति, यस्तो छ कारण

काठमाडौं । डेटिङ एप टिन्डरका संस्थापकले ४४ करोड १० लाख अमेरिकी डलर (५२ अर्ब ४७ करोड ९० लाख रुपैयाँ) बराबर क्षतिपूर्ति पाउने भएका छन् ।

टिन्डरलाई बिक्री गर्दा नियोजित रुपमा कम्पनीको कम मूल्यांकन गरेको भन्दै दायर भएको मुद्दा मिलाउन डेटिङ एपमा लगानी गर्ने अमेरिकी कम्पनी म्याच ग्रुप टिन्डर संस्थापकहरुलाई यो रकम तिर्न तयार भएको हो ।

सन् २०१७ मा म्याच ग्रुपको मातृ कम्पनी आईएसीले टिन्डरको सबै सेयर किनेको थियो । उक्त बेलामा खरिदकर्ता कम्पनीले कम्पनीको बजार मूल्य १३ अर्ब डलरको सट्टामा ३ अर्ब डलर मात्रै बनाएको भन्दै सहसंस्थापकहरुले २०१८ मा मुद्दा दायर गरेका थिए ।

अमेरिकाको न्यूयोर्कको सर्वोच्च अदालतमा जारी सुनुवाईको क्रममा म्याच ग्रुपले टिन्डरका संस्थापकहरुलाई क्षतिपूर्तिबापत रकम तिर्न सहमत भएको हो ।

म्याच ग्रुपविरुद्ध टिन्डरका सहसंस्थापक सिन र्याड, जस्टिन मेटिन र जोनाथन बाडेनले मुद्दा दायर गरेका थिए ।

विभिन्न टिन्डर एपमा लगानी गर्दै आएको अमेरिकी कम्पनी म्याच ग्रुपसँग म्याच डटकम, हिङ्ग, मेटिङ, सिप, आवरटाइमजस्ता विभिन्न डेटिङ एपको स्वामित्व छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२