close

ई-मेल सिग्नेचर बनाउने सजिलो तरिका

टेकपाना टेकपाना

मंसिर १६, २०७८ २०:५७

ई-मेल सिग्नेचर बनाउने सजिलो तरिका

काठमाडौं । धेरैजसो समयमा हामीले ई-मेल सिग्नेचर (ई-मेलको अन्तिममा हुने व्यक्तिगत अथवा व्यावसायिक विवरण) खासै आवश्यक नभएको ठानिरहेका हुन्छौँ ।

कतिपय समयमा त ई-मेल सिग्नेचर अपडेट नगर्ने, राम्रोसँग विवरण नराख्ने कमजोरी पनि हामीले गरिरहेका हुन्छौँ । यस्ता सानातिना विवरणहरूले खासै फरक पर्दैन भन्ने हामीलाई लागेपनि व्यावसायिक जीवनमा भने यसले ठूलो भूमिका खेल्छ । 

केही समयअघि भएकाे एक सर्वेक्षण अनुसार एक दिनमा करिब ३१० अर्ब ई-मेल आदानप्रदान भइरहेका हुन्छन् । यीमध्ये धेरै ई-मेलहरू खोलिदैँनन् र कति भने खोलेर हेरिए पनि प्रभावकारी हुँदैनन् ।

राम्रोसँग नमिलाइएको र हेर्दा भद्दा लाग्ने ई-मेल सिग्नेचर भएका ई-मेलमा प्रयोगकर्ताले रिप्लाइ नदिन पनि सक्छन् । त्यसैले आफ्नो ई-मेल सिग्नेचरलाई पनि मिलाएर राख्न आवश्यक हुन्छ । 

आज हामी यो भिडिओमार्फत् सजिलो गरी ई-मेल सिग्नेचर तयार पार्ने तरिका सिकाउँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२