close

कुकुर प्रेमीका लागि गुगलको जिबोर्डमा नयाँ फिचर

टेकपाना टेकपाना

मंसिर १७, २०७८ ७:१०

कुकुर प्रेमीका लागि गुगलको जिबोर्डमा नयाँ फिचर

काठमाडौं । गुगलले २१ महिनाअघि ‘इमोजी किचन’ सार्वजनिक गरेको थियो । जसमा प्रयोगकर्ताले दुई फरक इमोजीलाई जोडेर एकै पटक पठाउनसक्ने विकल्प उपलब्ध छ । तर, उक्त विकल्प डग अर्थात कुकुरका इमोजीहरुमा भने यो समावेश भएका थिएन ।

तर, अब भने गुगलले डग इमोजीमा पनि यो फिचर उपलब्ध गराएको छ । योसँगै कुकुर मन पराउने प्रयोगकर्ताले आफ्नो साथीहरूलाई कुकुरका दुई ओटा इमोजी जोडेर एकै पटक पठाउन सक्नेछन् ।

डग इमोजीका साथै गिफ्ट बक्स, ट्रफी, पेंग्युन, पोडल, ट्री लग, बनाना, ओरेन्ज इमोजीमा पनि यो फिचर उपलब्ध भएको छ ।

तर, हाल यो फिचर जीबोर्डको बेटा भर्सनमा मात्रै उपलब्ध रहेको छ । चाँडै सम्पूर्ण प्रयोगकर्तामाझ यो फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२