close

टेलिकमको मोबाइल सेवा अवरुद्ध

टेकपाना टेकपाना

मंसिर १७, २०७८ ८:२९

टेलिकमको मोबाइल सेवा अवरुद्ध

हुम्ला । नेपाल टेलिकमको जीएसएम सेवाका लागि सिमकोट गाउँपालिका-७, धारापोरीमा जडान भएको बीटीएस उपकरणमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको छ ।

विद्युत् सर्ट हुँदा आगलागी भएर जडान गरिएको सो मेसिनसहित टेलिकमको टावर तथा आवश्यक अन्य सामग्री पनि नष्ट भएको बताइएको छ ।

प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले धारापोरीमा जडान भएको नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाका लागि जडान भएको उक्त उपकरणमा आगलागी भएको बताए ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ । अहिले हुम्लाका डाँडाफया, माझगाउँ, पानीनाउला, ओख्रोन, ग्वालेखोर, जबुका, धारापोरी, पाम्लाथुङ, लामाखो ल्सी, खोली, स्याँडा, याङ्गुलगायतका बस्तीको मोबाइल सेवा अवरुद्ध भएको छ ।

टावर र उपकरण जडान गरेर राखिएको भाडाको घरमा पनि आगलागी भएको उनले बताए । सो स्थानमा प्रहरीले मुचुल्का उठाएको र त्यसपछि क्षतिका यथार्थ विवरण आउने उनले जनाए । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२