close

मियूआई १३ को स्टेबल भर्सन सार्वजनिक गर्दै साओमी

टेकपाना टेकपाना

मंसिर १७, २०७८ ९:५

मियूआई १३ को स्टेबल भर्सन सार्वजनिक गर्दै साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित मियूआई १३ को स्टेबल भर्सन ल्याउने तयारी गरेको छ ।

यसअघि बेटा भर्सनका रुपमा उपलब्ध मियूआई १३ औपचारिक रूपमा साओमीको नयाँ स्मार्टफोन भेनिला साओमी १२ मार्फत सार्वजनिक गर्ने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि एन्ड्रोइड १२ मा आधारित मियूआईको बेटा भर्सन मि मिक्स फोर, मि ११ अल्ट्रा, मि ११, रेड्मी के४०, के४० प्रो, मि १० एस र मि ११ लाइट फाइभजी स्मार्टफोनमा उपलब्ध गराइएको छ ।

औपचारिक रुपमा स्टेबल भर्सन सार्वजनिक भएपछि यी स्मार्टफोनले पनि सफ्टवेयर अपडेट पाउने अनुमान गरिएको छ । साथै रेड्मी, मि र साओमी सिरिजका अन्य फाेनले पनि क्रमशः सफ्टवेयर अपडेट पाउने अनुमान छ ।

साओमीको मियूआई १३ आउँदो डिसेम्बर १६ मा सार्वजनिक हुने चर्चा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२