close

इन्फी किताब कार्निभल सुरु, अनलाइनबाट पुस्तक अर्डर गर्दा ८० प्रतिशतसम्म छुट !

टेकपाना टेकपाना

मंसिर १७, २०७८ ११:०

इन्फी किताब कार्निभल सुरु, अनलाइनबाट पुस्तक अर्डर गर्दा ८० प्रतिशतसम्म छुट !

काठमाडौं । विगतमा मानिसहरू आफ्नो समय किताब पढेर बिताउने गर्दथे । तर अहिलेको परिवेशमा भने फेसबुक, इन्स्टाग्राम, टिकटक र पब्जीले पुस्तक अध्ययनको बानी कम गराइदिएको छ ।

हिजो आज सबै उमेरका मनिसहरू मोबाइल फोनको लतमा फसेका छन् । यसले गर्दा आम समुदायको किताब प्रतिको रूचि पछिल्लो समयमा घटिरहेको छ ।

यही प्रवृत्तिलाई मध्यनजर गर्दै इन्फी स्टोरले नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ ‘इन्फी किताब कार्निभल २०७८’ आयोजना गरेको छ ।  नेपाली अनलाइन किनमेल साइट इन्फी स्टोरले १५ मङ्सिरदेखि सुरु गरेको ‘इन्फी किताब कार्निभल’ १४ दिनसम्म चल्नेछ ।

यसबाट पढ्ने बानीको महत्त्वलाई प्रचारप्रसार गर्ने तथा प्रत्येक पाठकलाई आफ्नो पठन यात्रा सुरु गर्न प्रोत्साहन गरिने कम्पनीले बताएको छ । कार्निभलको उपलक्ष्यमा इन्फीले एक लाख भन्दा बढी किताबहरू अनलाइन बिक्रीमा राखेको छ ।

जसमा ८० प्रतिशतसम्मको छुट उपलब्ध रहेको उल्लेख छ । इन्फी स्टोरले सबै प्रकारका पुस्तक सबैको पहुँचमा पुर्‍याउन आयोजना गरेको यो अभियानमा ग्राहकले आकर्षक छुटसँगै हरेक दिन विभिन्न उपहार जित्ने मौका पनि पाउनेछन् ।

यसैगरी किताब खरिद गर्दा प्रभु पे, खल्ती र सनराइज बैंकको कार्ड प्रयोग गर्दा ग्राहकहरूले क्यासब्याक प्राप्त गर्नेछन् । ग्राहकहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामानहरू घरघरमा पुर्‍याउने सेवा दिइरहेको इन्फी नेपालकै सबै भन्दा ठूलो अनलाइन किताबलय भएको दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२