close

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् अनलाइनमा

टेकपाना टेकपाना

मंसिर १७, २०७८ ११:४३

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् अनलाइनमा

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज शुक्रबार बसेको बैठकको निर्णयअनुरूप नतिजा सार्वजनिक गरिएको हो । 

नतिजा परीक्षा बोर्डको सिस्टममा अपलोड भइसकेको छ । जुन तपाईंले यहाँ क्लिक गरी नेपाल टेलिकमको वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नुहुनेछ । 

यस बाहेक १६०१ डायल गरी प्राप्त निर्देशनअनसार आफ्नो सिम्बोल नम्बर राखेर आईभीआर मार्फत तथा म्यासेज बक्समा neb लेखेर स्पेस दिएपछि आफ्नो सम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर समेत आफ्नो नतिजा थाहा पाउन सकिनेछ ।

बोर्डका अनुसार सात हजार ३६ जना विद्यार्थीले ‘ए प्लस’, ४८ हजार तीन सय ३९ जनाले ‘ए’ र ७० हजारले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । करिब एक लाख विद्यार्थीले ‘बी’, केही विद्यार्थीले सी र डी तथा करिब १० हजारले ‘ई’ ग्रेड ल्याएका छन् । 

गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा तीन लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२