close

हाम्रोपात्रोबाट भित्रियो १ करोड बढी रेमिट्यान्स, थपिँदै ‘इन्स्ट्यान्ट ट्रान्सफर’ फिचर

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १४:४

हाम्रोपात्रोबाट भित्रियो १ करोड बढी रेमिट्यान्स, थपिँदै ‘इन्स्ट्यान्ट ट्रान्सफर’ फिचर

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रोपात्रोबाट एक करोड रुपैयाँभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रोपात्रोले दुई महिनाअघि मात्र यो सुविधा थप गरेको थियो ।

हाम्रोपात्रो इंकका सीईओ शंकर उप्रेतीले छोटो समयमै प्राप्त सफलताबाट अझ काम गर्न थप हौसला प्राप्त भएको बताए ।

‘म सबै प्रयोगकर्तालाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्न चाहन्छु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्तालाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुविधा दिनु हो ।’

अबको केही समयमा अस्ट्रेलिया, जापानमा पनि यो सुविधा सुरु गर्ने गृहकार्य भइरहेको जानकारी कम्पनीले लिएको छ । यसका साथै ‘इन्स्ट्यान्ट ट्रान्सफर’ सुविधासमेत चाँडै उपलब्ध हुने बताउँदै सीईओ उप्रेतीले यसबाट पठाएको पैसा केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा डिपोजिट हुने जनाए ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपाल पठाउन सक्नेछन् ।

पात्रो हेर्ने, मिति परिवर्तन गर्ने फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको हाम्रोपात्रोको एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

प्रयोगकर्ताले हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड एपसँगै वेबसाइटबाट समेत रेमिट्यान्स पठाउने सुविधा प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२