ट्रेन्डिङ:
विद्यार्थीका लागि इम्याजिन कप २०२२ गर्दै माइक्रोसफ्ट, यसरी हुनुहोस् सहभागी दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका अमेरिकामा प्रयोगकर्ता आफैंले विद्युतीय डिभाइसको मर्मत गर्न पाउने यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण ब्रेभ ब्राउजरको आफ्नै सर्च इन्जिन सार्वजनिक, के गुगललाई टक्कर दिन सक्ला ? बेजोसकी पूर्वपत्नी म्याकेन्जीले गरिन् झण्डै ३ खर्ब सहयोग एनसेललाई २ विधामा ‘वर्ल्ड कम्युनिकेसन’ अवार्ड गाउँगाउँमा इन्टरनेट पुर्‍याउने योजना तपाईंको स्मार्टफोन कतै असुरक्षित त छैन ? साइबर अपराधीले यसरी दुरूपयोग गर्न सक्छन् तपाईँको ईमेल एड्रेस
close

विद्यार्थीका लागि इम्याजिन कप २०२२ गर्दै माइक्रोसफ्ट, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

मंसिर १७, २०७८

विद्यार्थीका लागि इम्याजिन कप २०२२ गर्दै माइक्रोसफ्ट, यसरी हुनुहोस् सहभागी

काठमाडौं । फेसबुक र ट्वीटरजस्ता टेक जायन्टहरु कुनै बेला केबल एक विद्यार्थी प्रोजेक्ट थिए । तर सही समयमा एक्सपोजर तथा मलजल पाएर आज यी कम्पनीहरु विश्वको महङ्गो कम्पनीमा सूचीकृत छन् ।

तपाईंसँग पनि यस्ता आइडिया छन्, जसलाई माथि पुग्न ग्रुमिङ र संसाधनको खाँचो छ भने तपाईंका कलिला कदमलाई साथ दिन माइक्रोसफ्टले इम्याजिन कप २०२२ आयोजना गर्दैछ ।

विगत १९ वर्षदेखि आयोजना हुँदै आइरहेको इम्याजिन कप विश्वकै प्रिमियर स्टुडेन्ट टेक्नोलोजी कम्पिटिसन हो । यस प्रतिस्पर्धामा विश्वका सबै कुनाका विद्यार्थीहरुले भाग लिन सक्छन् ।

विद्यार्थीहरुलाई आफ्नो सपना वास्तविकतामा परिणत गर्न सघाउने उद्देश्यले सन् २००३ देखि माइक्रोसफ्टले यस किसिमको प्लेटफर्म प्रदान गर्दै आइरहेको छ ।

इच्छुक विद्यार्थीहरुले आफ्नो सोचलाई पूर्णरुपमा दिन टिम तयार पार्नेदेखि, मेन्टर तथा त्यस क्षेत्रमा अग्रणी व्यक्तिहरुसँग काम गर्ने र प्रतिक्रिया लिदैँ आफ्नो प्रोजेक्ट विकास गर्ने काम गर्नसक्छन् ।

विद्यार्थीहरुले आफ्नो प्यासनको विषयमा टेक एप्लिकेसन तयार गर्न सक्नेछन् । तर इम्याजिन कप आफैमा एउटा प्रतिस्पार्धामात्र होइन ।

यसमा विद्यार्थीले नयाँ साथी बनाउन, प्रोफेसनलहरुसँग सञ्जाल बनाउन, नयाँ सिप प्राप्त गर्न तथा आफू वरिपरीको विश्वलाई फरक बनाउने कोसिस गर्न सक्छन् ।

प्रतिस्पर्धामा अब्बल परियोजना बनाउन सफल विद्यार्थीले मेन्टरसिप जित्नका साथै पैसा तथा अन्य उपहार समेत जित्न सक्छन् । २०२२ को इम्याजिन कप श्रृंखला सुरु भइसकेको छ ।

इच्छुकहरुले यस लिङ्कमा गएर आउँदो डिसेम्बर २० सम्म आफ्नो आइडियाथन सब्मिट गर्न सक्नेछन् ।

यसअघि इम्याजिन कप २०२१ मा नेपाली टिम भर्चुअल रेडियोलोजिस्ट फाइनलमा पुग्न सफल भएकाे थियाे ।