ट्रेन्डिङ:
अब नेपालमै ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषय पढ्न पाइने डिजिटल नेपालको ‘मेरुदण्ड’ ५ वर्षदेखि यूटीएलको बन्धक, टेलिकम माफियाकै स्वार्थमा सर्वोच्च अनलाइन गेमको आम्दानी एक वर्षमै १६४ खर्ब, कसकाे कमाई कति ? शक्तिशाली प्रोसेसरसहित सामसङ ग्यालेक्सी क्वान्टम २ सार्वजनिक, यस्तो छ मूल्य र फिचर करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ईसेवा उद्योग वाणिज्य महासंघले ५० स्टार्टअपका लागि लगानी जुटाइदिने, यस्तो छ प्रक्रिया अनलाइन कक्षाका लागि गूगलले एकैपटक सार्वजनिक गर्‍यो ५० नयाँ फिचर यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण मोबाइल मनी बिजनेशमा एयरटेलले भित्र्यायो थप २४ अर्ब लगानी गुगल क्रोममा नयाँ फिचर, पेज नखोलेरै वेबसाइटका सामग्री हेर्न सकिने
close

अब नेपालमै ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषय पढ्न पाइने

टेकपाना टेकपाना

मंसिर १७, २०७८

अब नेपालमै ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषय पढ्न पाइने

काठमाडौं । द ब्रिटिश कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ हुने भएको छ । कलेजले बिहीबार एक औपचारिक कार्यक्रम गरी यो शैक्षिक कार्यक्रम सुरुवात भएको जानकारी दिएको छ ।

ब्रिटिश इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिश कम्प्युटर सोसाइटीबाट मान्यता पाएको यो कार्यक्रम युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट सम्बन्धन लिई सुरु गरिएको हो ।

बिहीवार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले यो शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरे ।

राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महसुस गरेको बताउँदै मिश्रले ब्रिटिश कलेजले यस्तो पाठ्यक्रमलाई सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे ।

नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिश कलेजबाट यस क्षेत्रलाई योगदान दिने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे ।

कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए ।

कलेजले सन् २०२२ को जनवरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ कार्यक्रमको पढाइ सुरु गर्दैछ ।