ट्रेन्डिङ:
अब टिकटक भिडिओ बनाउनेलाई सोझै पैसा पठाउन सकिने यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण आजसम्म तपाईँले कुन कुन मोबाइल एप चलाउनुभयो ? यस्तो छ थाहा पाउने सजिलो तरिका १६ पर्यटकीय क्षेत्रको फ्री वाईफाई परियोजनाको टेन्डर प्रक्रिया नै रद्द जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी एपबाटै मनमोहन सेन्टरको टिकट अनि डाक्टरको अपोइन्टमेन्ट सुबिसुलाई ६१ करोड क्षतिपूर्ति दिनुपर्ने मध्यस्थकर्ताको निर्णय विरुद्ध पुनरावेदनमा प्राधिकरण वायरलेस इयरफोन भएको मास्क, यस्ता छन् अरु फिचर यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली
close

अब टिकटक भिडिओ बनाउनेलाई सोझै पैसा पठाउन सकिने

टेकपाना टेकपाना

मंसिर १७, २०७८

अब टिकटक भिडिओ बनाउनेलाई सोझै पैसा पठाउन सकिने

काठमाडौं । टिकटकले प्रयोगकर्ताको सिर्जनालाई सम्बोधन गर्दै फलोअरहरूले दिने गिफ्टका लागि नयाँ फिचर सार्वजनिक गरेको छ ।

‘क्रियटर नेक्स्ट’ नाम दिइएको यो फिचर अन्तर्गत टिकटकले कम्पनीबाट आफूलाई मनपर्ने क्रिएटरलाई गिफ्टमार्फत अथवा सिधै पैसा पठाउन मिल्ने सुविधा दिएकाे छ ।

टिकटकले सार्वजनिक गरेको सूचना अनुसार क्रियटर नेक्स्टको साथमा कम्पनीले ‘टिप्स’ फिचर पनि सार्वजनिक गरेकाे छ ।

जसरी प्रयोगकर्ताले इन्स्टाग्राम, फेसबुक, युट्युव तथा स्न्यापच्याटबाट पैसा कमाइरहेका छन्, त्यसरी नै टिकटकबाट पनि अब सिधै पैसा पाउन सकिनेछ ।

तर फलोअरहरूले आफ्नो कन्टेन्ट मन पराएर त्यसलाई प्रोत्साहन गरेको रुपमा पैसा कमाउन सकिनेछ । गत अक्टोबर महिनादेखि कम्पनीले यो ‘टिप्स’ फिचरलाई परीक्षण गरिरहेको थियो ।

कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखाइनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।

यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

१८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ । यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताले लाइभमा गिफ्टको रुपमा अब डायमण्ड पनि दिन सक्छन्, जसलाई साटेर पैसा निकाल्न मिल्छ ।