close

‘मनि हाइस्ट’ को अन्तिम सिजन आजदेखि नेटफ्लिक्समा

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १७:१

‘मनि हाइस्ट’ को अन्तिम सिजन आजदेखि नेटफ्लिक्समा

काठमाडौं । नेटफ्लिक्समा चर्चित स्पेनिस सिरिज ‘मनि हाइस्ट’ को अन्तिम सिजन आजदेखि सुरु हुँदैछ । यो अन्तिम सिजनको पहिलो चरणको पाँच वटा एपिसोडहरू सेप्टेम्बरमा सार्वजनिक भएको थियो ।

आजदेखि भने बाँकी रहेका एपिसोड प्रसारण हुँदैछ । अक्टोबर महिनासम्ममा यो सिरिज नेटफ्लिक्समा सर्वाधिक हेरिएको सिरिजको रुपमा रहेको थियो ।

तर पछि कोरियन फ्लिम ‘स्क्विड गेम’ सार्वजनिक भएपछि मनि हाइस्ट पछि परेको थियो ।

यो सिजनमा पाँच वटा एपिसोड: एक्जस्ट भल्भस, इलुजन्ड साइन्स, दि एलिगेन्स थेउरी, ह्वाट इज टक्ड अबाउट इन बेड र अ फ्यामिली ट्रेडिसन प्रसारण हुनेछ ।

गत सेप्टेम्बरमा मनि हाइस्टको अन्तिम सिजनको पहिलो पाँच एपिसोड सार्वजनिक हुँदा नेपालको इन्टरनेट खपत दोब्बर भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२