ट्रेन्डिङ:
नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने व्हीलचेयर, सिंगल चार्जमा ४५ किलोमिटरसम्म गुड्ने गिजर कुन प्रयोग गर्ने ? ग्याँस कि इलेक्ट्रिक ? टुटल एपमा डार्क मोड जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट ‘स्मार्ट चेली’लाई ६४ लाखको पुरस्कार ‘स्लिप ट्रयाकर’ ले कसरी मापन गर्छ तपाईँको निन्द्रा ? थाहा पाइराख्नुहोस् यसले काम गर्ने तरिका फोनमा राखेको प्याटर्न बिर्सनुभयो ? यस्तो छ अनलक गर्ने सहज तरिका पुरानो स्मार्टफोन बिक्री गर्नुअघि बिर्सिनै नहुने महत्त्वपूर्ण काम विश्वकप क्रिकेट लिग टुको मुख्य प्रायोजकमा डिशहोम सामसङको बडा दसैं अफर, विजेतालाई कार, बाइक र ग्यालेक्सी नोट ट्वान्टी
close

नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने व्हीलचेयर, सिंगल चार्जमा ४५ किलोमिटरसम्म गुड्ने

टेकपाना टेकपाना

मंसिर १७, २०७८

नेपाली विद्यार्थीले बनाए बिजुलीबाट चल्ने व्हीलचेयर, सिंगल चार्जमा ४५ किलोमिटरसम्म गुड्ने

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सका विद्यार्थीले ‘फोर ह्विलर मोबिलिटी व्हीलचेयर’ बनाएका छन् । अशक्त व्यक्तिहरुको यात्रालाई ध्यानमा राख्दै बनाइएको यो ह्वीलचेयर अपाङ्गता दिवसको अवसर पारी शुक्रबार सार्वजनिक गरिएको छ ।

बिजुलीबाट चल्ने व्हीलचेयरमा एउटा गाडीमा हुनेजस्तै सुविधा छन् । यो व्हीलचेयर फुल चार्जमा ३५ देखि ४५ किलोमिटरसम्म गुड्नसक्ने बताइएकाे छ ।

त्यस्तै ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रतिघण्टाको हिसाबले गुड्छ । व्हीलचेयर कच्चीबाटोमा समेत चलाउन सकिने बताइएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा व्हीलचेयर निर्माण गरिएको र सोको भविष्यमा बजारीकरण आविष्कार केन्द्रले गर्ने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

व्हीलचेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहने बताइएको छ ।

प्रयोगकर्ताले सहजै चलाउनसक्ने गरी यो व्हीलचेयर डिजाइन गरिएको निर्माण टाेलीकाे दाबी छ । यस्तै यसलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ ।

सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुषकाजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले व्हीलचेयर बनाएकाे हाे ।

विद्यार्थी निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एप प्रयोग गरेर गाडी चलाउने, लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन् ।

त्यस्तै यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भएको नम्बरमा स्वतः प्रयोगकर्ताको लोकेसन पठाउँछ ।

इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वतः इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ ।

असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै उनीहरू स्वतन्त्र रुपले हिँड्डुल गर्न पाउन् भन्ने उद्देश्यले यो यो व्हीलचेयर निर्माण गरिएको गौतमले बताए ।

व्हीलचेयरले असक्त व्यक्तिलाई हिँडडुल गर्न सहजतासँगै उनीहरूको यात्राको सुरक्षा पनि प्रत्याभूत गराएको उनको भनाइ छ ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलज अफ आईटी एन्ड ईकमर्सले बिआईटी अध्ययन गर्ने विद्यार्थीका लागि गत वर्ष इनोभेसन हब तयार गरेको थियो ।

विद्यार्थीले सोही इनोभेसन हबमा फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएका हुन् ।