close

स्मार्टफोनमा यसरी लुकाउनुहोस् आफ्नो गोप्य फोटो

टेकपाना टेकपाना

मंसिर १८, २०७८ १४:२३

स्मार्टफोनमा यसरी लुकाउनुहोस् आफ्नो गोप्य फोटो

काठमाडौं । गुगलले आफ्ना पिक्सेल फोन बाहेक अब अन्य एन्ड्रोइड फोनहरूमा पनि ‘लक्ड फोल्डर’ उपलब्ध गराउने भएको छ । यो वर्षको सुरुवातमा नै गुगलले पिक्सेल फोनहरूमा ‘लक्ड फोल्डर’ फिचर उपलब्ध गराएको थियो ।

अब भने यो फिचर अन्य एन्ड्रोइड फोनहरूमा पनि उपलब्ध हुन थालेको छ । हाल सुरुवाती चरणमा सामसङ, साओमी, ओप्पो र वान प्लस ब्रान्डका फोनहरूमा यो फिचर उपलब्ध भइसकेको छ ।

अन्य ब्रान्डहरूमा पनि छिट्टै आउने अनुमान गरिएको छ । आईओएस डिभाइसमा पनि यो फिचर चाँडै उपलब्ध हुने कम्पनीले बताएको छ ।  

कसरी गर्ने प्रयोग ? 

  • आफ्नो मोबाइलमा गुगल फोटोज एप खोल्नुहोस् र स्क्रिनको दाहिने तर्फ तल कुनामा रहेको लाइब्रेरी अप्सनमा क्लिक गर्नुहोस् ।
  • स्क्रिनको दाहिने पट्टी सबैभन्दा माथि भएको ‘युटिलिटिज’ अप्सनमा क्लिक गर्नुहोस् । 
  • थोरै स्क्रोल गर्नुहोस् र अर्गनाइज योर लाइब्रेरी अन्तर्गत ‘लक्ड फोल्डर’ अप्सनमा क्लिक गर्नुहोस् । 
  • फोल्डर लक गर्नका लागि पासवर्ड प्रयोग गर्ने कि फिङ्गर प्रिन्ट प्रयोग गर्ने भनेर दुई वटा अप्सन आउँछ । आफूलाई उपयुक्त हुने अप्सनमा क्लिक गर्नुहोस् ।  
  • स्क्रिनमा ‘मुभ आइटम’ भन्ने अप्सन आउँछ अथवा स्क्रिनको दाहिनेतिर माथि पट्टी फोटो एड गर्ने अप्सनमा क्लिक गर्नुहोस् । 
  • त्यसपछि लुकाउनु पर्ने तस्वीर अथवा भिडिओहरू छनौट गर्नुहोस् र स्क्रिनको दाहिनेतर्फ माथि भएको ‘मुभ’ अप्सनमा क्लिक गर्नुहोस् । यसरी मुभ गरिएका फोटोहरू तपाईंले लक्ड फोल्डरमा पाउन सक्नुहुनेछ । जुन गुगल फोटोजमा अन्य फोटोहरू जस्तो सहजै देख्न सकिने छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२