close

लुम्बिनी प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा भण्डारी

टेकपाना टेकपाना

मंसिर १८, २०७८ १५:३९

लुम्बिनी प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा भण्डारी

काठमाडौं । लुम्बिनी प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा रेगबहादुर भण्डारी नियुक्त भएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सरकारले भण्डारीलाई यो पदमा नियुक्त गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान ऐन अन्तर्गत खडा भएको यस प्रतिष्ठानबाट लुम्बिनी प्रदेशमा सूचना प्रविधिका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

टेकपानासँग कुरा गर्दै नवनियुक्त कार्यकारी निर्देशक भण्डारीले लुम्बिनीलाई डिजिटल प्रदेश बनाउने अभियानअन्तर्गत आफूले काम गर्ने बताए ।

‘डिजिटल लुम्बिनी बनाउन यहाँका सरकारी कार्यालयमा सूचना प्रविधिको क्षमता अभिवृद्धि गर्ने, अफिस अटोमेसन र अनलाइनमैत्री सेवा विकास गर्ने लगायतका काम प्रतिष्ठानबाट योजनावद्ध रुपमा हुनेछ,’ उनले भने ।

आईसीटी क्षेत्रमा विकास भएका नवीनतम प्रविधिलाई प्रदेशको हितअनुकूल प्रयोग गरी प्रदेशलाई यस क्षेत्रमा सवल र सक्षम बनाउन तथा यस क्षेत्रमा सक्षम जनशक्तिको विकास गर्न यो प्रतिष्ठानको स्थापना भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२