ट्रेन्डिङ:
नागरिक एपमा विदेशको रोजगारी खोज्ने सुविधा, एपीआई नहुँदा आवेदन दिन भने नमिल्ने फाइभजीले रोजगारीलाई कस्तो प्रभाव पार्ला ? यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण अब घरायसी कामका लागि अनलाइनमै यसरी खोज्नुहोस् दक्ष प्राविधिक अनलाइन प्राविधिक मेला ‘डेल्टा २.०’ सम्पन्न डीजी स्कूलका कम्प्युटर कोर्ष निःशूल्क, सहभागी हुन यसो गर्नुहोस् यी हुन् हालसम्मकै उत्कृष्ट क्यामेरा भएका टप टेन स्मार्टफोन ल्यापटपको ब्याट्री चाँडै सकिएर हैरान हुनुहुन्छ वा ब्याट्रीको आयू बढाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् नेपाली बजारमा भोलि सार्वजनिक हुँदै रेड्मी १० प्राइम आईफोन १४: साओमीबाट एप्पलले चोर्‍यो यी ३ फिचर
close

नागरिक एपमा विदेशको रोजगारी खोज्ने सुविधा, एपीआई नहुँदा आवेदन दिन भने नमिल्ने

टेकपाना टेकपाना

मंसिर १८, २०७८

नागरिक एपमा विदेशको रोजगारी खोज्ने सुविधा, एपीआई नहुँदा आवेदन दिन भने नमिल्ने

काठमाडौं । नागरिक एपमा वैदेशिक रोजगार सम्बन्धी सेवा समेत थप भएको छ । नागरिक एपको पछिल्लो अपडेटमार्फत स्टिकर नम्बरका आधारमा पूर्व श्रम स्वीकृति विवरणसँगै वैदेशिक रोजगारी खोजी गर्न सकिने भएको हो ।

सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले नागरिक  एप सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाइन सेवाहरू समेत थपिने क्रम सुरु भएको हो ।

नागरिक एपले आगामी दिनमा श्रम स्वीकृतीका लागि आवेदन दिन सक्ने गरि काम अगाडि बढाइएको जानकारी समेत दिएको छ । श्रम स्वीकृतिका लागि अत्यधिक भिडभाड हुने र जनगुनासो समेत धेरै आउने गरेको छ ।

यस्तोमा  नागरिक एपबाटै आधिकारिक व्यक्तिले नै आवेदन दिनसक्ने र नागरिकता, राहदानी, जस्ता श्रम स्वीकृति जस्ता धेरै जसो व्यक्तिगत कागजात समावेश गर्नुपर्ने झन्झट समेत नपर्ने बताइएको छ । एपबाटै आवेदन दिँदा नागरिकलाई सहज हुने, खर्च जोगिने, एपमा भएका विवरणहरू स्वतः भरिने हुँदा कार्यालयसम्म जाने समय जोगिनुका साथै कम समय मै आवेदन भर्न सकिनेछ ।

यसैगरी विभागले आधिकारिकता जाँच गर्न थप श्रोत साधन समेत खर्च गरिरहनु नपर्ने नागरिक एपले जनाएको छ ।

यसका साथै यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स आवद्ध गर्ने, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनलाइन सेवा, भौतिक पूर्वाधार विकास मन्त्रालय (बागमती प्रदेश) को भेहिकल रजिष्ट्रेसन सिस्टम, नेपाल स्वास्थ्य व्यवसायी परिषदको अनलाइन सेवा र नेपाल इन्जिनियरिङ परिषदका अनलाइन सेवा पनि नागरिक एपमा थपिँदैछ ।

यसैगरी, नेपाल मेडिकल परिषद्का अनलाइन सेवा, नेपाल नर्सिङ परिषद्का अनलाइन सेवा, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि आवेदन तथा पुनः श्रम स्वीकृति लागायतका थप सेवाहरू समेत नागरिक एपमा आवद्ध गर्ने काम चलिरहेको छ ।

त्यसका लागि सम्बन्धित निकायहरूमा आवश्यक समन्वय गर्ने भइरहेको तर ती प्रणालीहरूसँग अन्तरआवद्ध गर्न आवश्यक प्राविधिक डकुमेन्ट तथा एपीआई उपलब्ध नभएको नागरिक एपले जनाएको छ । त्यसका लागि पुन: ताकेता गरिएको नागरिक एपमा अधिकारीले बताएका छन् ।