ट्रेन्डिङ:
टिकटकबाट पैसा कमाउने नयाँ तरिका उज्वल थापाले यसकारण बनाएका थिए ‘आन्ट्रप्रेनर्स फर नेपाल’ गुगल सर्चमा आफ्नो जानकारी आए अब थाहा पाउन सकिने सुदूरपश्चिमका पेट्रोल पम्पहरूमा चार्जिङ स्टेसन स्थापना गरिने सब्स्क्रिप्सन मोडलबाट ट्वीटरको आम्दानी दोब्बर बनाउने योजनामा मस्क फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका नेपालमा फाइभजीका लागि सिफारिस भयाे फ्रिक्वेन्सी, यी हुन् ब्याण्ड फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण युट्युवका कुन भिडिओमा कति डिसलाइक आयो ? यस्तो छ हेर्ने तरिका
close

टिकटकबाट पैसा कमाउने नयाँ तरिका

टेकपाना टेकपाना

मंसिर १८, २०७८

टिकटकबाट पैसा कमाउने नयाँ तरिका

काठमाडौं । टिकटकमा फलोअरले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु भएको छ । अहिले टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचर छ ।

यही सुविधालाई परिष्कृत गर्दै कम्पनीले गत बुधबार ‘टिप्स’ फिचर सार्वजनिक गरेकाे हाे । कम्पनीले विश्वका केही देशममा याे फिचर उपलब्ध गराइसकेकाे छ । विस्तारै अन्य देशका प्रयाेगकर्ताले पनि याे फिचर प्रयाेग गर्न पाउने कम्पनीले जनाएकाे छ ।

अनलाइन पेमेन्ट प्लेटफर्म स्ट्राइपसँग सहकार्य गरी टिकटकले याे फिचर ल्याएकाे हाे । यसअन्तर्गत फलोअरहरूले टिकटकमा आफूलाई मन परेका कन्टेन्ट क्रिएटरलाई सिधै पैसा पठाउन सक्छन् ।

फलोअरले ५ डलर, १० डलर र १५ डलर वा आफूले चाहेको रकम इन्टर गरी पैसा पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखिनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।

यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

१८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ ।

यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले लाइभमा गिफ्टको रुपमा अब डायमण्ड पनि दिन सक्छन्, जसलाई साटेर पैसा निकाल्न मिल्छ ।

यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।