close

दूरसञ्चार प्राधिकरणमा खुल्यो १० जनाका लागि जागिर, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

मंसिर १९, २०७८ ११:२

दूरसञ्चार प्राधिकरणमा खुल्यो १० जनाका लागि जागिर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । प्राधिकरणले उपनिर्देशक देखी सहायकसम्म गरि विभिन्न तीन पदमा जागिर खुलाएको हो ।

आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी तर्फबाट उपनिर्देशक, सहायक निर्देशक र सहायक पदका लागि आवेदन माग गरेको हो । जसमा उपनिर्देशक तर्फ आन्तरिक र महिला गरी दुई जना प्राविधिक माग गरिएको छ ।

त्यस्तै सहायक निर्देशकतर्फ सात जना माग गरिएको छ । त्यसमा प्रशासन तर्फ चार जना र प्राविधिक तर्फ तीन जना रहेका छन् । भने, प्रशासन तर्फ एक जना सहायकका लागि जागिर खुलाएको हो । यसैगरी प्राधिकरणले कार्यक्षमताको मूल्यांकनका आधारमा समेत पदपूर्ति गर्ने तयारी गरेको छ ।

जसमा दुई जना वरिष्ठ निर्देशकसहित कुल ७ ओटा पदपूर्तिको तयारी प्राधिकरणले गरेको हो । प्राधिकरणमा प्राविधिक र प्रशासन गरी दुई जना वरिष्ठ निर्देशक रहने व्यवस्था छ । यसअघि प्राविधिक तर्फ वरिष्ठ निर्देशक रहेको आनन्दराज खनालको स्थान दुई वर्ष अघि देखी खाली रहेको थियो भने प्रशासन तर्फका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल प्राधिकरणको अध्यक्ष छन् । यस्तोमा दुबै वरिष्ठ निर्देशकको पद खाली रहेको छ ।

त्यस्तै प्राधिकरणले दुई जनालाई निर्देशकमा बढुवा गर्ने तयारी गरेको छ । भने तीन जना उपनिर्देशक रहेका छन् ।

सरी दिनुहोस् आवेदन

दरखास्त लागि प्राधिकरणको वेबसाइटमा गई ‘करियर’ मा क्लिक गरी खुला प्रतिस्पर्धाका लागि ‘एप्लिकेशन(ओपन)’ र आन्तरिक प्रतिस्पर्धाको लागि ‘एप्लिकेशन(इन्टरनल) मा क्लिक गरी फारम भर्न सकिने छ ।

अथवा खुला प्रतिस्पर्धाका लागि यहाँ र आन्तरिक प्रतिस्पर्धाको लागि यहाँ गई अनलाइन आवेदन दिन सकिने जनाइएको छ ।

दरखास्तका लागि आवश्यक दस्तुर प्राधिकरणको नबिल बैंकमा रहेको खातामा जम्मा गरी त्यसको भौचर स्पष्ट बुझिने गरी अनलाइन दरखास्त प्रणालीमा प्राप्त निर्देशनअनुसार अपलोड गर्नुपर्ने उल्लेख छ ।

 


 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२