close

२०२२ देखि विश्वभर हार्मोनी ओएस उपलब्ध हुने

टेकपाना टेकपाना

मंसिर १९, २०७८ ११:३९

२०२२ देखि विश्वभर हार्मोनी ओएस उपलब्ध हुने

काठमाडौं । अमेरिकी प्रतिबन्धसँगै चिनियाँ मोबाइल कम्पनी ह्वावेले आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ हाल चिनियाँ बजारमा उपलब्ध गराइरहेको छ ।

चिनियाँ बजारमा भने हालसम्म कम्पनीले १४१ माेडलका डिभाइसमा हार्मोनी ओएसको अपग्रेड उपलब्ध गराइसकेको छ । विश्वबजार भने अझै पनि हार्मोनी ओएसको पर्खाइमा छ ।

अर्को वर्ष, २०२२ द‍ेखि भने कम्पनीले हामोर्नी ओएस विश्वबजारका लागि पनि खुल्ला गर्ने तयारी गरिरहेको छ । हालका लागि विश्वबजारमा ह्वावेका प्रयोगकर्ताले ईएमयुआई १२ सिस्टम प्रयोग गरिरहेका छन् ।

ह्वावेले हार्मोनी ओएस एन्ड्रोइडभन्दा १० प्रतिशतले बढी राम्रो पर्फर्मेन्स दिनसक्ने दाबी गरेको छ । अहिले हार्मोनी ओएस २.० उपलब्ध  छ भने कम्पनी हार्मोनी ओएस ३.० तयारीको क्रममा छ ।

सन् २०२२ को पहिलो त्रैमासिकमा यसको बेटा भर्सन सार्वजनिक हुने बताइएको छ । यसबारे कुनै निश्चित मिति भने कम्पनीले सार्वजनिक गरिसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२