close

टीपी-लिंक सहित ९ ब्राण्डका राउटरमा फेला पर्‍यो दुई सय बढी बग

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १७:५६

टीपी-लिंक सहित ९ ब्राण्डका राउटरमा फेला पर्‍यो दुई सय बढी बग

काठमाडौं । टीपी-लिंकसहित ९ ब्राण्डका राउटरमा दुई सयभन्दा बढी बग (सुरक्षा कमजाेरी) फेला परेको छ । विश्वमा धेरै प्रयोग हुने ब्राण्डका राउटरमै ठूलोमात्रामा कमजोरी फेला परेको एक अध्ययनले खुलासा गरेकाे छ ।

साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने संस्था आईओटी इन्सपेक्टरका अनुसार टीपी-लिंकसहित असुस, एभीएम, डी-लिंक, नेटगियर, इडीम्याक्स, लिंकस्काई, सीनोलोजी लगायतका राउटरमा दुई सय २६ बग भेटिएकाे हाे ।

‘घरायसी राउटरमा मात्रै नभएर बिजनेस राउटरमा समेत बग फेला परेको छ,’ आईओटी इन्सपेक्टरले भनेको छ, ‘फेला परेका बग सबै क्रिटिकल भने छैनन् । तर, यी बगबाट ह्याकरले सहजै राउटरलाई नियन्त्रण गर्न सक्नेछन् ।’

यीमध्ये सबैभन्दा बढी बग टीपी-लिंक र सिनोलोजी ब्राण्डका राउटरमा रहेको बताइएको छ । यी दुई ब्राण्डका राउटरमा ३० भन्दा बढी कमजोरी रहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२