close

‘घरबारविहीन’ भए एलन मस्क !

टेकपाना टेकपाना

मंसिर २०, २०७८ १४:४९

‘घरबारविहीन’ भए एलन मस्क !

काठमाडौं । अमेरिकाको सिलिकन भ्यालीमा रहेको आफ्नो घर बिक्री गरेसँगै एलन मस्क घरबारविहीन भएका छन् । उनले तीन कराेड अमेरिकी डलर अर्थात तीन अर्ब ६० करोड भन्दा बढीमा आफ्नो घर बिक्री गरेका छन् ।

उनले १६ हजार स्क्वायर फुटमा फैलिएको ‘म्यानसन’ आफूले तोकेको भन्दा ७.५ मिलियन कम मूल्यमा बिक्री गरेका हुन् । उनले ‘म्यानसन’ का लागि यसअघि ३७.५ मिलियन डलर तोकेका थिए ।

यो नै उनको अन्तिम घर थियो । जसमा ७ ओटा बेडरुम, सात ओटा बाथरुम, एउटा म्युजिक रुम, एउटा बल रुम र एउटा ककटेल रुम रहेको थियो ।

यो घर यसअघि तीन पटक बिक्रीमा राखिएको थियो । तेस्रो पटकमा मात्रै यो घर बिक्री भएको जनाइएको छ । घर बिक्रीमा राख्ने कम्पनीका अनुसार डाइनिङ रुम र म्युजिक रुमलाई आवश्यक पर्दा एउटै बनाउन सकिने गरी तयार गरेपछि मात्रै बिक्री भएको हो ।

योसँगै १५१ बिलियन अमेरिकी डलर सम्पत्ति भएका मस्क मासिक ५० हजार डलर पर्ने टेक्सासमा रहेको घर भाडामा लिएर बस्न थालेका छन् । हुन त उनी यो घरमा विगत केही वर्षदेखि नै बस्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२