close

इन्स्टाग्रामबाट विश्राम लिन ‘टेक अ ब्रेक’ फिचर सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २२, २०७८ १७:४१

इन्स्टाग्रामबाट विश्राम लिन ‘टेक अ ब्रेक’ फिचर सार्वजनिक

काठमाडौं । २० वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई फोटो शेयरिङ प्लेटफर्म ‘इन्स्टाग्राम’ मा धेरै लामो समय नबिताउन प्रोत्साहन गर्नेगरी ‘टेक अ ब्रेक’ फिचर सार्वजनिक भएको छ ।

यस फिचरअन्तर्गत कम उमेरका प्रयोगकर्ताले इन्स्टाग्राम लामो समयसम्म चलायो भने स्क्रोलिङ आफैं रोकिने फिचर सार्वजनिक भएको हो ।

हाललाई यो फिचर अमेरिका, बेलायत, आयरल्याण्ड, क्यानडा, न्युजिल्यान्ड र अष्ट्रेलियामा सार्वजनिक गरिएको छ । अन्य देशमा पनि विस्तारै यो फिचर उपलब्ध हुने कम्पनीले बताएको छ ।

योसँगै अब युवाले सीमित समयभन्दा धेरै इन्स्टाग्राम प्रयोग गरेमा इन्स्टाग्रामले नोटिफिकेसन पठाउनेछ र स्क्रोल रोकिनेछ । इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘टेक अ ब्रेक’ नामक अप्सन देख्नेछन् ।

प्रयोगकर्ताले चाहेमा उक्त अप्सनमा गएर आफूले कति समय एप नचलाउने हो निर्क्यौल गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२