close

‘विद्युतीय गाडीका लागि हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशन’

टेकपाना टेकपाना

मंसिर २२, २०७८ १९:३६

‘विद्युतीय गाडीका लागि हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न सकिने बताएका छन् ।

बुधबार आयोजित नाडा अटोमोबाइल्स असोसिएसनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन् ।

विद्युतीय गाडीको माग र देशमा विद्यमान चार्जिङ स्टेशनको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ ।

यो समस्यालाई सम्बोधन गर्न प्रत्येक पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्ने व्यवस्था मिलाउन सकिने उनले बताए ।

विद्युत देशको मुख्य शक्ति भएका कारण देशमै भएको शक्ति प्रयोग गरी समृद्धि ल्याउन सकिने कुरामा मन्त्री शर्माले जोड दिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२