close

कोना इलेक्ट्रिक कार नेपाली बजारमा, सिंगल चार्जमा ३०५ किमीसम्म गुड्ने

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १३:११

कोना इलेक्ट्रिक कार नेपाली बजारमा, सिंगल चार्जमा ३०५ किमीसम्म गुड्ने

काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कार ‘कोना’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालमा विगत दुई वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक कार यो पटक फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको कम्पनीले‍ जनाएको छ ।

कोनामा इन्टेरियर तथा एक्सटेरियरमा धेरैवटा अपग्रेडसहित नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएको कम्पनीको भनाइ छ ।

नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि-सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर उपलब्ध छन् ।

एक्सटेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ भने कोना इलेक्ट्रिकलाई एक पटकको फुल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाई इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले बताएको छ ।

कोनामा रहेको आठ इन्चको टचस्क्रिनयुक्त भिजुअल नेभिगेशन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्चस्तरीय बनाउने बताइएको छ ।

कम्पनीका अनुसार यो कार एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । कम्पनीले नेपालमा विद्युतीय गाडी बेच्नेमात्र नभएर विद्युतीय गाडीको संस्कृति नै विकास गर्न यसै वर्षभित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२