close

इन्टरनेटमा आफ्नै नियन्त्रण राख्न रसियाले लगायो ‘टोर’ माथि प्रतिबन्ध

टेकपाना टेकपाना

मंसिर २४, २०७८ ९:०

इन्टरनेटमा आफ्नै नियन्त्रण राख्न रसियाले लगायो ‘टोर’ माथि प्रतिबन्ध

काठमाडौं । इन्टरनेटमा आफ्नो नियन्त्रण कायम राख्न रसियाले ‘टोर’ माथि प्रतिबन्ध लगाएको छ । रसियाको सञ्चार नियामकले इन्टरनेटमा प्राइभेट स्थान भनेर चिनिने टाेरलाई प्रतिबन्ध लगाएकाे हो ।

आईपी एड्रेस लुकाएर टोरमार्फत सरकारको निगरानी गर्ने क्रम बढेको भन्दै प्रयोगकर्तालाई टोर प्रयोगमा प्रतिबन्ध लगाइएको नियामकले जनाएको छ ।

टोर अनैतिक कार्य गर्ने र जानकारी शेयर गर्ने अखडा भएको समेत नियामककाे ठहर छ । टोर परियोजनाले पनि रसियाका आफ्ना प्रयोगकर्तामाथि प्रतिबन्ध लागेकाे बताएको छ

‘ओनियन’ राउटरको रुपमा चिनिएको टोर अमेरिकी वैज्ञानिकले निर्माण गरेका हुन्, जसले कम्प्युटरको ट्राफिक र आईपी एड्रेसलाई ट्रयाक गर्नबाट बचाउँछ ।

त्यसैले पनि टोरलाई सुरक्षित ब्राउजरको रुपमा लाखौं प्रयोगकर्ताले प्रयोग गर्दै आएका छन् । कम्पनीका अनुसार रसियामा मात्रै टोरका तीन लाखभन्दा बढी प्रयोगकर्ता थिए । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२